April 25, 2024, Thursday
२०८१ बैशाख १४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाल मामिलाको सम्पादकमा सीता तुम्खेवा

नेपाल मामिलाको सम्पादकमा सीता तुम्खेवा

काठमाडौँ । नेपाल मामिला डट कमको सम्पादकमा साहित्यकार एवम् पत्रकार सीता तुम्खेवा नियक्त भएकी छिन् । एक दशकदेखि पत्रकारितामा सक्रिय रहेकी तेह्रथुमकी पत्रकार तुम्खेवाले शुक्रबार असोज एक गतेबाट सम्पादकको जिम्मेवारी सम्हालेकी छिन् ।

तुम्खेवा यसअघि नेपाल मामिलाको युट्युब च्यानल सम्पादक रहिसकेकी छिन् । उनी काठमाडौँबाट सञ्चालित नयाँ अनलाइन समाचार पोर्टलकी सम्पादक समेत हन् । उनी साहित्यमा पनि राम्रो छवि बनाएकी कवि हन् । ग्राफिक्स र वेभ पेज डिजाइनमा राम्रो दक्खल राख्ने पत्रकार तुम्खेवा याक्थुङ लेखक संघ, याक्थुङ साक्थिम्मिबा सयङसँग पनि आबद्ध छिन् ।

Advertisement


सम्पादकको जिम्मेवारी सम्हालेपछि आफू उत्साहित भएको प्रतिक्रिया दिँदै सन्तुलित, समावेशी र मौलिक समाचार सामग्रीका लागि आफूले संयोजनकारी भूमिका निर्वाह गर्ने बताइन् । सम्पादक तुम्खेवाको नियुक्तिले नेपाल मामिलाको प्रस्तुति र दायरा अझै फराकिलो बन्ने आफू विश्वस्त रहेको अध्यक्ष इन्द्रहाङ लिङ्देनले जनाए । नेपाल मामिला सिलौटी टाइम्सको एक भगिनी प्रकाशन संस्था हो ।