April 21, 2026, Tuesday
२०८३ बैशाख ८, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
अजम्मरी अक्षरहरुको बिमोचन

अजम्मरी अक्षरहरुको बिमोचन

बिराटनगर । प्रदेश नम्बर १ का नारी स्रष्टाहरुको कविताहरुलाई संकलन गरेर संयुक्त पुस्तकको रुपमा प्रकाशन गरिएको अजम्मरी अक्षर आज प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा निवर्तमान मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यमा बिमोचन भएको छ ।

पान्थरका स्थापित साहित्यकार सरस्वती दुमि राई र मधु केरुङको सम्पादनमा रहेको उक्त पुस्तकमा प्रायः गरेर १ नम्बर प्रदेश भरिका नारी साहित्यकारहरुको यो अंकमा ५८ जना नारी श्रष्टाहरुको कवितालाई समेट्ने प्रयास गरिएको छ । नेपाली समाजमा नारी स्रष्टाहरुको उपस्थिति न्यून र कतिपय बिभेदपुर्ण भएकोले पनि उदाहरणको लागि यो कठिन समस्याहरु झेलेर प्रकाशनमा ल्याएको सम्पादक मधु केरुङले बताउनु भो ।

Advertisement

बिराट साहित्य संगमको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथी १ नम्बर प्रदेशका निवर्तमान मुख्यमन्त्री सेरधन राई माननीय संसद बिषुणुमाया तम्बाहाम्फे, राष्ट्रिय सभा सदस्य खेम नेपाली लगायत साहित्यकार मिश्र बैजयन्ती, प्राध्यापक डाक्टर बद्री विशाल, प्राध्यापक डाक्टर टंक न्यौपानेहरुले उक्त पुस्तक माथी आफ्नो धारणा राखेका थिए । बिराट साहित्य संगमका अध्यक्ष मधु पोख्रेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।