April 23, 2024, Tuesday
२०८१ बैशाख ११, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ब्राईटन सामुन्द्रिक किनारमा सालेजो भाका

ब्राईटन सामुन्द्रिक किनारमा सालेजो भाका

लन्डन । बेलायतको विभिन्न क्षेत्रमा बसोबास गरिरहेका भूपू गोर्खाहरुलाई अन्तराष्ट्रिय अर्गानाईजेसन् कम्युनिटिज् एण्ड नेचर (क्यान)ले कल्याणकारी सेवा दिदै आईरहेको छ । लण्डन क्षेत्रमा बसोबास गरिरहेका भूपू गोर्खाहरुलाई सेप्टेम्बर १८ को दिन ब्राईटन सामुन्द्रिक किनार भ्रमण गराएको थियो ।

सामुन्द्रिक किनार पुगेर भलाकुसारी गर्दै पिकनिक खाएर मादलको तालमा नाचगान कार्यक्रम भएको थियो । सालेजो भाकाका गीतहरु सुनेर साउथ अफ्रिकादेखि आएका भ्रमण टोलीले पनि मनोरञ्जन लिएका थिए भने अन्य विदेशीहरुले पनि फोटो खिचेका थिए । सामुन्द्रिक किनारमा मात्र हैन, भ्रमणमा आउँदा जाँदा पनि दोहोरी गीत गाउँदै रमाईलो गरेको समाजसेवी डेभिड गुरुङले बताए ।

Advertisement

रिटार्यर्ड डब्लु ओटु खम्बासिंग राईले भने, ‘दुई बर्षको अन्तराल पछि लामो दुरीको यात्र गरी रमाईलो गर्ने मौका पाईयो, आर्गानाईजरलाई हामी सबैको तर्फबाट धन्यवाद ।’ सेप्टेम्बर महिनाको तेस्रो हप्ता भए पनि मौषमले साथ दिएकोमा सबै हाँसी खुशी देखिन्थे । विहानको एघार बजे दुईवटा कोचले उनीहरुलाई लण्डनको नरथोल्टबाट पिक अप गरी ब्राईटन सामुन्द्रिक किनार भ्रमण गराएर बेलुकी साढे सात बजे बासस्थानमा ओरालेका थिए । तमुधी लण्डन, नातागोता युके, स्याङजा समाज युके, सनपाल समाज युके लगायतका संस्थाहरुले क्यानसंग सहकार्य गरेका थिए ।