May 9, 2026, Saturday
२०८३ बैशाख २६, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मुक्कुम्लुङ क्षेत्रमा सरसफाई

मुक्कुम्लुङ क्षेत्रमा सरसफाई

ताप्लेजुङ । मुक्कुम्लुङ संयुक्त संघर्ष समितिले मुकुम्लुङ (पाथिभरा) क्षेत्रको सरसफाई गरेका छन् । सोमबार मुकुम्लुङ संयुक्त संघर्ष समितिको आयोजनामा सरसफाइ गरिएको मुकुम्लुङ संघर्ष समितिका सचिव रबिन पतङवाले जानकारी दिए ।


समुन्द्र सतहबाट ३,७९४ मिटर अग्लो स्थानमा रहेको मुकुम्लुङ जाने पदमार्ग वरिपरि यत्रतत्र रहेका प्लास्टिकका फोहोरहरु, प्लास्टिकका बट्टाहरुलाई सङ्कलन गरी सुरक्षित स्थानमा व्यवस्थित गरिएको उनले जनाए ।

Advertisement


सरसफाइ सङ्गै मुक्कुम्लुङ क्षेत्रको गतिविधिको अनुगमन पनि गरिएको समितिका उप संयोजक नवीन फुरुम्बोले बताए । मुक्कुम्लुङ क्षेत्रमा अहिले बन्दै गरेको नया संरचनालाई प्राथमिकतामा राखी क्रमश रुपमा अनुगमन गरी सो क्षेत्रको विकास गर्नका निम्ति स्थानीय तहको सहकार्यमा जोड दिदै प्राकृतिक बनावटलाई संरक्षण गर्दै संरचना बनाउने मान्यता समितिको रहेको मुक्कुम्लुङ संयुक्त संघर्ष समिति थरगत सहजीकरण संयोजक सरोज कङलिवाले बताए । सरसफाई कार्यमा समितिका ३० जना भन्दा बढी युवाहरुको सक्रिय सहभागिता रहेको थियो ।