April 12, 2024, Friday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
याङ्वरक गाउँपालिकाका लागि संघीय सरकारबाट सवा चार करोडको बजेट

याङ्वरक गाउँपालिकाका लागि संघीय सरकारबाट सवा चार करोडको बजेट

पान्थर । पूर्वी पान्थर जिल्लाको याङ्वरक गाउँपालिकाको विकास निर्माणको विभिन्न योजनाका लागि संघीय सरकारले करिब सवा चार करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले यस वर्ष खर्च हुने गरी गाउँपालिकाको पाँच वटा योजनाका लागि चार करोड बीस लाख बजेट विनियोजन गरेका हुन् ।

अर्थमन्त्री शर्माका स्वकीय सचिव हर्क नेम्वाङ मिक्सोको विशेष पहलमा गापाको विकास कार्यक्रमका लािग रकम छुट्टिएको नेकपा माओवादी केन्द्र याङ्वरकले जनाएको छ । नेकपा माओवादी पान्थरको जिल्ला समन्वय बैठकमा जानकारी गराउँदै स्वकीय सचिव नेम्वाङले पाँच योजनाहरू सम्पन्न गर्न बजेट विनियोजन भएको बताए ।

Advertisement

उक्त बजेटमध्ये लामपोखरी सुकेढाप पर्यटन पूर्वाधारका लागि बीस लाख रुपैयाँ, सुनकौली–बेसी सिंचाई योजनाका लागि पचास लाख रुपैयाँ, ओयाम खानेपानी योजनाका लागि तीस लाख रुपैयाँ विनियोजन भएको छ । त्यस्तै, फलैचा–तिम्तिम्बु–बेतेनी–बर्मे–तिम्बुङ पोखरी मोटर बाटोका लागि याङवरक तीन करोड रुपैयाँ र कुवापानी–लामिटार मोटरेबल पुल निर्माणका लागि बीस लाख रुपैयाँ रकम विनियोजन गरिएको छ । बैठकमा प्रदेश नम्बर एकका पूर्व अर्थ तथा योजना मामिला मन्त्री एवम् केन्द्रीय नेता मौसम आङ्वोको समेत उपस्थिति रहेको थियो ।