March 27, 2024, Wednesday
२०८० चैत्र १४, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
घुन्सा हेलिकप्टर दुर्घटनाका मृतकहरूको स्मरण

घुन्सा हेलिकप्टर दुर्घटनाका मृतकहरूको स्मरण



काठमाडौ । ताप्लेजुङको घुन्सा स्थित हेलिकप्टर दुर्घटना भएको १५ वर्ष पूरा भएको छ । उक्त दुर्घटनामा परी ज्यान गुमाएकाहरुको योगदानको स्मरण गर्दै असोज ७ गतेलाई राष्ट्रिय संरक्षण दिवसको रूपमा मनाउने गरिन्छ ।

Advertisement


राजधानीमा एक कार्यक्रमको आयोजना गरि जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले दुर्घट्नामा परी ज्यान गुमाएकाहरुको फोटोमा माल्यार्पण र दिपप्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ । समाजसेवी दिपेन्द्र बिष्ट प्रमुख अतिथि, कोषका अध्यक्ष पुष्पराज पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

जलसम्पदा तथा वातावरण संरक्षण कोष नेपालले काठमाडौको रामकोट स्थित दुर्घटनामा मृत्यु भएका २४ जनाको अर्धकदको शालिक स्थापना गरेको छ । शहरी विकास तथा भवन निर्माण विभागले प्रयाप्त रकम विनियोजन नगरेका कारण दुई वर्ष देखि ‘संरक्षण स्मृति पार्क’को निर्माण कार्यले गति लिन नसकेको कुरा कोषका अध्यक्ष पाण्डेले कार्यक्रममा जानकारी गराए ।

विसं २०६३ असोज ७ गते भएको हेलिकोप्टर दुर्घटनामा तत्कालीन वन राज्यमन्त्री गोपाल राई सहित २४ संरक्षणविद्ले ज्यान गुमाएका थिए । विश्व वन्यजन्तु कोष नेपालद्वारा आयोजना भएको कञ्चजंगा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण कार्यक्रममा भाग लिएर फर्कने क्रममा घुन्सास्थित फले पहाडमा हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा मन्त्री गोपाल राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू–संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा दामोदरप्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेललगायतको निधन भएको थियो ।