April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी

लन्डन । एनआरएनएको आसन्न निर्वाचनमा वर्तमान उपाध्यक्ष रविना थापाले अध्यक्ष पदका लागि औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्न लागेकी छन् । आगामी अक्टोवर २० तारिखमा हुन लागेको निर्वाचनमा उनले अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्ने भएकी हुन् ।

उनले काठमाडौंको याक एन्ड यति होटलमा विहिबार एक पत्रकार सम्मेलन आयोजना गरी एनआरएनए आईसीसीको लागि अध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्ने जानकारी दिएकी हुन् ।

Advertisement

गत अधिवेशनमा उपाध्यक्षहरुमध्ये सबैभन्दा बढी मत ल्याउन सफल थापा संघको इतिहासकै पहिलो महिला नेत्री बन्ने अभियानमा लागेकी छन् ।

उनिले नागरिकताको निरन्तरता, सम्पति माथिको अधिकार, नयाँ पुस्ता, नेपालमा लगानी, विदेशबाट मताधिकार लगायतका अजेण्डासहित आफ्नो घोषणापत्र सार्वजनिक गर्दैछिन् ।

थापाले नेपाली नागरिकताको निरन्तरता, सम्पति माथिको अधिकार, विदेशमा जन्मिएका नयाँ पुस्ताहरुलाई नेपालसँग जोड्न भैरहेको प्रयास, मातृभूमीको विकासमा लगानी जुटाउने प्रयास, विदेशस्थित नेपालीहरुलाई दिइने मताधिकारको कार्यान्वयन र एनआरएनए नेतृत्व चयनमा प्रत्यक्ष निर्वाचनको सुनिश्चितता गर्ने लगायतका एजेन्डाहरु उठाएकी छन् ।

उनले विगत २० बर्षदेखि प्रवासमा रहेर नेपालीको हक अधिकारका लागि निरन्तर रुपमा संघर्षरत थापाले आफ्नो सोही कार्यको अब्बल निरन्तरताको निम्ती उम्मेद्वारी घोषणा गर्न लागेको बताइन् ।