April 20, 2026, Monday
२०८३ बैशाख ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली दूतावास रियादका जनसम्पर्क अधिकारी घिमिरेलाई महासंघले गर्‍यो बिदाइ

नेपाली दूतावास रियादका जनसम्पर्क अधिकारी घिमिरेलाई महासंघले गर्‍यो बिदाइ

दमाम, साउदी । नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय परिषद, साउदी अरबले नेपाली दूतावास साउदी अरबका पुर्वक्षेत्रीय जनसम्पर्क अधिकारी हरिप्रसाद घिमिरेको बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

बिहिवार दमाम स्थित होलिडे रेष्टुरेन्टमा बिदाइ तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय परिषद, साउदी अरबले मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरेको थियो । साउदीको पुर्वी क्षेत्रमा रहेर नेपालीहरूको हरेक समस्यालाई समाधान गर्दै सफल कार्य गरेको भनेर महासंघले घिमिरेलाई उच्च सम्मान गरेको हो । बिदाइका क्रममा बोल्दै घिमिरेले अन्तिम मन्तव्यमा बोल्दै साउदीमा कार्यरत नेपालीहरूले आगामी दिनहरूमा नेपाली दूतावास साउदीसँग सहकार्य गर्नको लागि आग्रह समेत गरेका छन् । उनले साउदीमा कार्यरत विभिन्न संघ संस्था र संगठनहरूको सहयोग बिना नेपाली दूतावास अधूरो रहने सुनाए ।

Advertisement

बिदाइ तथा सम्मान कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय परिषद साउदी अरबका प्रमुख सल्लाहकार बिरेन्द्रकुमार चौधरी, सल्लाहकार तुलसी गुरुङ, संरक्षकहरू ओम घले, जेन लामा, महासचिव रोशन श्रेष्ठ, सचिब सुमन योङहाङ लगायतले बिदाइ कार्यक्रममा बोलेका थिए । बिदाइ कार्यक्रमको समापन महासंघका अध्यक्ष खेम तमुले गरेका थिए भने बिदाइ तथा सम्मान कार्यक्रमको औपचारिक सञ्चालन महासंघका उपमहासचिव रबिन थुलुङ राईले गरेका थिए । घिमिरे आफ्नो परिवार सहित साउदीमा बस्दै आएका छन् । साउदी बसाईलाई बिट मारेर नेपाल फर्किन लागेका छन् भने घिमिरे बिगत २ दसकदेखि साउदीमा रहेर नेपालीहरूको दुख सुखका सारथी बनेका थिए ।