April 23, 2024, Tuesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
याक्थुङ र लिम्बुबारे

याक्थुङ र लिम्बुबारे

राष्ट्रिय जनगणनामा जाति र पुर्खाकाे भाषा/मातृभाषाकाे महलमा याक्थुङ वा लिम्बू के लेख्ने भन्ने जाे विभाजित बहस छ, राज्य गुमाएका, हेपिएका, थिचिएका समुदायकाे दुर्भाग्य यहि हाे । जित्नेले गिजाेलिदिएकाे/राेपिदिएकाे पहिचानकाे दलदलमा झगडा गरिरहेका मनुवाहरु हाै ।

अब लिम्बू नै किन लेख्नुपर्ने ? वा याक्थुङ नै उल्लेख गर्नुपर्ने किन ? काे हाे याक्थुङ वा लिम्बु समुदाय ? झगडा हुँदाहुँदै पनि यी दुवै प्रश्नहरु जातीय पहिचान संरक्षणसंग नै सम्बन्धित हुनु सकारात्मक पक्ष हाे ।

Advertisement

यथार्थमा याक्थुङ भनिएकाहरु नै लिम्बू हुन, लिम्बु नै याक्थुङ हुन भन्ने कुरामा समुदायगत रुपमा कसैकाे बेग्लै मत छैन । नामाकरणकाे सन्दर्भ ‘लिम्बु’ (exonym) अर्काेले राखिदिएकाे नाम पर्याे । ‘याक्थुङ’ (endonym) माैलिक नाम भयाे । हामी याक्थुङ् वा याक्थुङवा हाै, हामी याक्थुङ पान (लिम्बु भाषा) बाेल्छाै भन्दै आएका समुदाय नै हाै । ‘याक्थुङ’ समुदाय भन्ने सत्य हाे तर ‘लिम्बु’ भन्ने जातीय नाम नै सारा दुनियामा स्थापित भईसक्याे ।

आगामी जनगणनामा पछिल्लाे समयकाे सरकारकाे लिखतहरुमा स्थापित लिम्बु नामलाई निरन्तरता दिँदा मात्र पहिचान बच्छ, नत्र हामी चिप्लिन्छाै भन्ने एकथरी छाै भने अर्काेथरि याक्थुङ् हाम्राे यथार्थ जातिगत नाम नराखे पहिचानकाे कुरा गर्नु व्यर्थ छ, याक्थुङ लेख्नैपर्छ भन्नेहरु छाै । हामी यथार्थ खाेजि गर्ने क्रममा छाै । तेसैकाे फलस्वरुप पाथिभरा देशविदेशमा चर्चित छ तर मुक्कुमलुङ हुनुपर्छ भनेर संघर्षरत छाै । कैयाै याक्थुङ गाउँठाउँकाे नामहरु परिवर्तन भएका छन् । पुरानै नाम हुनुपर्छ भन्ने अभियानमा छाै ।

दुवैकाे तर्क आआफ्नाे ठाउँमा दर्विलाे भए पनि हाम्राे एकतामा यसले असर पारेकै छ । राष्ट्रिय जनगणनाकाे तथ्याङ्कमा असर पर्याे भने ठुलाे मूल्य चुकाउनुपर्ने हुन सक्छ । सरकार वा तथ्याङ्क विभाग के चाहन्छ ? जातीय समुदायहरुकाे सहि तथ्याङ्क संकलनमा विभाग विल्कुल सम्बेदनशिल छैन । उसले समुदाय विखण्डित, विभाजित वा गिजाेल्याउन चाहन्छ । २०५८ सालकाे जनगणनामा तथ्याङ्क विभागले लगभग ५०० भन्दा वढि जातिय समुदायकाे लिष्ट आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा पठाउदै यी समुदायहरु बेग्लै जाति हुन वा कुन समुदायभित्र पर्छन भनेर छुट्याईदिन सहयाेग मागेकाे थियाे । म प्रतिष्ठानमा नै काम गर्ने भएकाले हामीलाई थाहा भएसम्म छुट्याएर पठाईदिएका थियाै । अब प्रश्न के हाे भने, के तथ्याङ्क विभागले जातिमा याक्थुङ र लिम्बू बेग्लै जाति हाे भनेर तथ्याङ्क निकाल्ने गवाँर काम गर्ला त ? के याक्थुङ र लिम्बु भाषा बेग्लै भाषा हुन् भनेर तथ्याङ्क निकाल्न मिल्छ र ? तथ्याङ्क विभागले कुनै समुदायकाे जातिगत र भाषागत नामाकरण १० वटा भए १० वटै सुचिमा राख्ला त ? विगतमा राई भाषा भनेर पनि राखेकाे पाईयाे, जुन गलत छ । राई भाषा भन्ने नै हुदैन । यसबाट विभागकाे व्यावसायिकतामा प्रश्न उठेकाे छ ।

उपाय

समुदाय र तथ्याङ्क विभागले गर्नुपर्ने उपाय के हाे भने याक्थुङ भनेकाे लिम्बुर लिम्बु भनेकाे नै याक्थुङ हाे भन्याे भने समस्या समाधान हुन्छ । समुदायकाे नामाकरण चै याक्थुङ (लिम्बु) वा लिम्बु(याक्थुङ) उल्लेख गर्नु उपयुक्त हुन्छ । सोही वमाेजिम भाषालाई मिलाउनुपर्छ ।

(लेखक मादेन आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्वकर्मचारी हुन् । सं.)