April 18, 2024, Thursday
२०८१ बैशाख ६, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
स्कटल्याण्ड भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

स्कटल्याण्ड भ्रमणमा जाँदै प्रधानमन्त्री देउवा

काठामाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा भ्रमणको लागि स्कटल्याण्ड जाने भएका छन् । स्कटल्याण्डको ग्लास्गो सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२६) मा सहभागी हुन प्रधानमन्त्री देउवा स्कटल्याण्ड जान लागेका हुन् ।

स्रोतका अनुसार सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री देउवा सहभागी हुनेछन् । नोभेम्बर १ र २ मा ग्लोबल लिडर समिट हुँदैछ । त्यसमा विश्वभरका राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी हुनेछ । प्रधानमन्त्री देउवा सोही समिटमा सहभागी हुनेछन् ।

Advertisement

बेलायती कूटनीतिज्ञ एवं कोप–२६ का एसिया प्यासिफिकका एम्बासडर केन ओ फ्लाहरटीले कोपमा सहभागी हुने विषयमा प्रधानमन्त्री देउवासँग छलफल गरेका छन् । बिहीबार मुख्य सचिव शंकदार बैरागीसँगको भेटपछि फ्लाहरटीले नेपालको तर्फबाट जलवायु परिवर्तन सम्मेलनमा प्रधानमन्त्री देउवा सहभागी हुने उल्लेख गर्दै ट्विट गरेका थिए ।

अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्याण्डमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन हुँदैछ । नेपालले यसपटक तापक्रम वृद्धिले हिमाली क्षेत्रमा पारिरहेको असरसँगै जलयावु परिवर्तनले निम्त्याएको क्षतिपछिको पुनर्निर्माणको विषयमा केन्द्रित भएर आफ्ना धारणा राख्ने तयारी गरिरहेको छ ।