April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
याक्थुङ लिम्बु भाषाको चलचित्र ‘सुगुत्’ को गीत रेकर्डिङ हुँदै

याक्थुङ लिम्बु भाषाको चलचित्र ‘सुगुत्’ को गीत रेकर्डिङ हुँदै

काठमाडौँ । याक्थुङ लिम्बु भाषाको कथानक चलचित्र ‘सुगुत् ’ को तीन वटा गीतको रेकर्डिङ कार्य सम्पन्न भएको छ ।गायक राजेश पायल राइ र गायिका अञ्जु पन्तको स्वर रहेको छ भने साथै अन्य गीतहरुमा सुनिता थेगिम, मनु नेम्बाङ, सुमन लिम्बूको पनि स्वर रहेको छ ।

गायिका पन्त स्टुडियोमा ।

यासेली योङहाङ, रीता फोम्बो ठूली,जानुका काम्बाङको शब्द रहेको छ भने संगीत प्राज्ञ अशोक राईको रहेको छ ।पालामको लय/ संकलन भने रीता फोम्बो ठूलीको रहेको छ । पटकथा संवाद देवेन्द्र खापुङ (सुर्केली) को रहेको उक्त ‘सुगुत’ चलचित्र पूर्वको तेह्रथुम, ताप्लेजुङ, पान्थर, संखुवासभामा चाडै छायांकन हुने छ |

Advertisement

चलचित्र सुगुत् का गीतकारहरु ।

टाइटल सार्वजनिक कार्यक्रममा कलाकार निर्माताहरुको नाम सार्वजनिक गरिने उक्त दिन चलचित्रको छायांकन मिती समेत घोषणा गरिने कथाकार एवं निर्देशक लोकेन साँवा लिम्बूले जानकारी दिएका छन् |