April 12, 2024, Friday
२०८० चैत्र ३०, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
साहित्य चौतारीको ५८ औँ सिर्जना वाचन श्रङ्खला

साहित्य चौतारीको ५८ औँ सिर्जना वाचन श्रङ्खला

लन्डन । बेलायतको सक्रिय साहित्यिक मञ्चमध्येका एक साहित्य चौतारी यूकेको ५८ औँ श्रङ्खला सम्पन्न भएको छ । प्रत्येक महिनाको अन्तिम सप्तान्तमा आयोजना हुँदै आएको मासिक साहित्यिक कार्यक्रम सुरु भएको पाँच वर्ष समेत पार गरेको छ ।

आइतबार भर्चुअल जुमबाट आयोजना गरिएको श्रङ्खलामा दर्जन बढी सर्जकहरूले विभिन्न विधामा रचना सुनाएका थिए । कार्यक्रममा मोहन आचार्य जल्लाद, गंगा भण्डारी, यज्ञलाल सुवेदी, रश्मी रिमाल, अमित थेवे, दीपक मुगाधारी, नानु राना थापा, उर्मिला पन्त पाण्डे, बिनु बाबा घिमिरे, दुष्यन्त भट्टराई, चिमखोले काइँला(दूत पुन), औँतारी साइला, रविन्द्र भट्टराई, अहिल्या कुँवर सुवाल, वासु शर्माले कविता, गीत, गजल, मुक्तक सुनाएका थिए ।

Advertisement

साहित्य चौतारी यूकेका संयोजक वासु शर्माले सन् २०१६ सेप्टेम्बरबाट नियमित रूपमा श्रङ्खला आयोजना गर्दै आएको बताए । कार्यक्रम चौतारीकी अहिल्या कुँवर सुवालले सञ्चालन गरेकी थिइन् ।