May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
ब्रिटिस गोर्खा भेट्रान संघको अध्यक्षमा दिलसिङ

ब्रिटिस गोर्खा भेट्रान संघको अध्यक्षमा दिलसिङ

लन्डन । ब्रिटिस गोर्खा भेट्रान संघ यूकेको अध्यक्षमा दिलसिङ मेन्याङ्वो निर्वाचित भएका छन् । शनिबार भएको अधिवेशनले समाजसेवी एवम् राजनीतिज्ञ मेन्याङ्वोलाई संघको अध्यक्षमा निर्वाचित गरेको हो ।

गत २५ सेप्टेम्बर ननिटन सहरको गोर्खा कर्नर हलमा भएको अधिवेशनले चुनेको मेन्याङ्वो किरात याक्थुङ चुम्लुङ यूकेका पूर्व अध्यक्ष समेत हुन् । उनी जनता समाजवादी पार्टीनिकट लिम्बुवान समाज यूकेका अध्यक्ष, युमा साम्यो महासभा यूकेका वरिष्ठ उपाध्यक्ष, मेन्याङ्वो कल्याणकारी संस्थाका सल्लाहकार समेत हुन् ।

Advertisement

अधिवेशनले महासचिवमा हाङसिङ सुब्बा, कोषाध्यक्षमा चाउ गुरूङ र प्रोपर्टी प्रमुखमा इन्द्र राई(जोसेफ) निर्वाचित गरेको छ । रिक्त रहेका अन्य पदहरूको पूर्ति भने अक्टोबर १० मा बस्ने नयाँ कार्य समितिको बैठकले गर्ने अध्यक्ष मेन्याङ्वोले सिलौटी टाइम्सलाई जानकारी दिए । भेट्रान संघले विशेषतः ब्रिटिस सेनाबाट निवृत भएका सैनिक र परिवारको कल्याणकारी सेवाका लागि काम गर्दै आइरहेको छ । संघको स्थापना सन् २००९ को मे २१ म भएको हो ।