May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

एनआरएनए अध्यक्षमा कुल आचार्यको उम्मेदवारी घोषणा

भियना(अष्ट्रिया)  । लामो समय देखि गैर आवासीय नेपाली संघको अभियानमा संलग्न कुल आचार्यले ” पद्दति र पारदर्शिता , समावेशी एनआरएनए हाम्रो प्रतिबद्दता” भन्ने मूल नारा सहित यसपाली पनि एनआरएनए केन्द्रिय अध्यक्षमा उम्मेदवारी दिने घोषणा भब्य समारोह बीच गरेका छन् । घोषणा सभामा संघका संस्थापक पदाधिकारीहरु, सल्लाहकारहरु र वर्तमान आइसीसीका पदाधिकारीहरु प्रत्यक्षरुपमा र विश्वभरिबाट जुम भर्चुअलको माध्यमबाट समर्थकहरु जोडिएका थिए ।


उम्मेदवारी घोषणा गर्दै आचार्यले भने, विगत केही समयदेखि संस्थाको गरिमा खस्किएको र आफू अध्यक्ष भए गरिमा बढाउने कार्यमा लाग्ने, संस्थामा अनियमितता र पदको दुरुपयोगका गुनासो हिजो आज बढ्दै गएको , आर्थिक अनियमितता र दुरुपयोग रोक्दै यस्ता गुनासो आउन नदिने प्रतिवद्धता व्यक्त गर्छु ।

Advertisement

उनले कसैलाई पनि दोष लगाउन नचाहेको, तर संघको नेतृत्व तहका केही जिम्मेवार व्यक्तिले संस्थालाई व्यक्तिगत स्वार्थ अनुरुप प्रयोग गरेकाले जटिल परिस्थिति उत्पन्न हुन पुगेको आरोप लगाए । यसले गर्दा संस्थाको शाख गिरेको भन्दै अध्यक्षका उम्मेदवार आचार्यले भने, ‘सदस्यता र डेलिगेटसम्बन्धी विवादका कारण निर्धारित समयमा महाधिवेशन नहुने हो कि भन्ने आशंका बढेको छ ।’


विवादको विधान सम्मत समाधान खोजेर निर्धारित मितिमा स्वतन्त्र, धाँधलीरहित निर्वाचन गर्नु पर्नेमा उनले जोड दिए । साथै आइएलओ आर्थिक अनियमिताबारे छानविन गरी दोषीलाई कारबाही गर्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय र अन्तराष्ट्रिय समन्वय परिषदसँग माग समेत गरेका छन्।

उनले संघको पञ्जिकृत सदस्यहरुको संख्या ५ लाख र राष्ट्रिय समन्वय परिषदहरुको संख्या कम्तिमा एक सय पुर्‍याउने आफ्नो लक्ष्य रहेको बताए । संविधानले एक पटकको नेपाली सधैंका लागि नेपाली भन्ने भावना स्वीकार गरे पनि नागरिकतासम्बन्धी ऐन नबन्दा अधिकार उपयोग गर्न नपाएको भन्दै आचार्यले भने, ‘गैरआवासीय नेपाली नागरिकता, पासपोर्ट र नेपालमा रहेको पैत्रिक सम्पत्तिको सुरक्षाको प्रत्याभूति हाम्रो प्रमुख माग हो । सरकार, संसद र राजनीतिक दलहरुसँग सम्वाद गरी यो समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्छु ।’


आचार्यको मुख्य अजेण्डाहरुमा सहमति र समर्थन जनाउँदै यहि समारोहमा उम्मेदवारी घोषणा गर्नेहरुमा उपाध्यक्षका प्रत्यासीहरु एसी शेर्पा, आरके शर्मा, जानकी गुरुङ, राज रेग्मी महासचिवमा डा केशव पौडेल, सचिवका लागि भोमा लिम्बु, नारायण आचार्य, प्रविन गुरुङ, खगेन्द्र नेउपाने, महिला संयोजकमा जुनु गुरुङ्ग , यूरोप संयोजकमा चिन्तामणि सापकोटा हुनुहुन्छ भने आचार्यकै अजेण्डाहरुमा समर्थन जनाउँदै समूहमा समावेस भएर उम्मेदवारी दिन चाहने बिबिन्न क्षेत्रकालागी संयोजक, सहसंयोजक, युवा यांयोजक, महिला संयोजकहरुले उम्मेदवारी घोषणा गरेका थिए ।
वर्तमान आइसीसी उपाध्यक्ष सोनाम लामाको सभापतित्वमा आयोजित कुल आचार्यको उम्मेदवारी घोषणा सभामा आचार्यको उम्मेदवारीलाई समर्थन जनाउने ४४ नवनिर्वाचित राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुको शुभकामना सन्देश पनि पढेर सुनाइएको थियो।