April 18, 2026, Saturday
२०८३ बैशाख ५, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लिम्बुवान सामाजिक मञ्चको शाखा अधिवेशनहरू सम्पन्न, रस्मोरमा नाल्वो र थरकमा फोम्वो आए

लिम्बुवान सामाजिक मञ्चको शाखा अधिवेशनहरू सम्पन्न, रस्मोरमा नाल्वो र थरकमा फोम्वो आए

लन्डन । संघीय लिम्बुवान सामाजिक मञ्च यूकेको तेस्रो महाधिवेशन नजिकिँदै जाँदा शाखा अधिवेशनहरू धमाधम सम्पन्न भएका छन् । महाधिवेशनलाई लक्षित गर्दै दुई शाखाहरूमा अधिवशेन सम्पन्न भएका छन् ।


गत २५ सेप्टेम्बर शनिबारका दिन अल्डरसटको एम्पायर ब्याङ्केटिङ हलमा सम्पन्न मञ्चको रस्मोर शाखाको तेस्रो अधिवेशन सम्पन्न भयो । अधिवेशनले कुमान नाल्बो लिम्बुको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिका उपाध्यक्षहरुमा भक्तिहाङ नेम्बाङ लिम्बु, सन्तोष फावेन लिम्बु, सचिवमा वचन लिम्बु हुक्पा चोङबाङ, सहसचिवमा सेसेहाङ इवा लिम्बु, अर्थसचिवमा दिलीप लिम्बु आङ्बुहाङ, अर्थ सहसचिवमा बिष्णुमान राई देवान छन् । यस्तै सदस्यहरूमा देउमान तेयुङ लिम्बु, गणेश साम्बाहाङ्फे लिम्बु, भक्त राई र चन्द्र राई छन् । सल्लाहकारहरूमा धनकुमार नेम्बाङ, हिन्दु प्रसाद लिम्बु र तेजप्रकाश लाओतीलाई मनोनीत गरेको छ । कार्यक्रममा केन्द्रीय उपाध्यक्ष नरबहादुर कुरुम्बाङ, केन्द्रीय महासचिव राम इजम र पश्चिम लन्डन शाखा अध्यक्ष हेम तुम्बापाकोे उपस्थित रहेको थियो ।

Advertisement

अधिवेशनबाट निर्वाचित रस्मोर शाखा समिति ।


त्यसैगरी, २६ सेप्टेम्बर आइतबार थरक ग्रेज टीएनजीसी थरक ग्रेज शाखाको चौथो अधिवेशन सम्पन्न भएको छ । भब्यताको साथ सम्पन्न भयो । केन्द्रीय अध्यक्ष टंक खापुङ्ग, उपाध्यक्ष शर्मिला यक्सो चोङबाङ उपस्थित रहेको अधिवेशनले हरि प्रथम फोम्बो लिम्बुुको अध्यक्षतामा कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्षहरुमा पदम बहादुर यक्सो, निर्मला देवान अन्छङ्बो, सचिवमा दिल माया आङबुहाङ खापुङ, सहसचिवमा युजेन लाओती, अर्थसचिवमा सूर्य कुमारी यक्सो,अर्थ सहसचिवमा रेशम यक्सो छन् । सदस्यहरूमा तारा योङयाङ कुरुम्बाङ, पुष्पा फोम्बो लिम्बु, शुक्र राज खापुङ, नम्द कुमार खापुङ, गजेन्द्र फोम्बो, अर्जुन तुम्बाहाङ्फे छन् । कार्यक्रम कृष्ण कुमार कुरुम्बाङको अध्यक्षता सम्पन्न भएको थियो ।

संलिसाम नेपालमा अरूणपूर्व लिम्बुवान प्रदेश स्थापनाका लागि क्रियाशील राजनीतिक दल सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसम्बद्ध सङ्घीय लिम्बुवान सामाजिक मञ्चको प्रवास सङ्गठन हो । मञ्च यूकेको तेस्रो महाधिवेशन यहीँ आउँदो अक्टोबर ९ मा लन्डनको फेल्थाममा हुन लागिरहेको महासचिव राम इजमले सिलौटी टाइम्सलाई जनाए ।