March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पान्थरको कुम्मायक गाउँपालिकामा  सिरिजंगा लिपि भाषा प्रयोगमा

पान्थरको कुम्मायक गाउँपालिकामा सिरिजंगा लिपि भाषा प्रयोगमा

यासोक । पान्थरको कुम्मायक गाउँपालिकाले देवनागरी र सिरिजंगा भाषा लिपि प्रयोगमा ल्याएको छ । गाउँपालिकाको नवौं गाउँसभाबाट पारित नीति तथा कार्यक्रम मार्फत पारित गरिएको भाषा लिपिलाई सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा देवनागरी र सिरिजंगा भाषा लिपि कार्यान्वयमा ल्याउन लागेको हो । 

गाउँ सभाबाट पारित भएको दुबै भाषा लिपिलाई गाउँपालिकाको शाखागत कार्यालय, गाउँपालिमा दर्ता भएका सरकारी तथा गैरसरकारी संस्थाको कार्यालयमा अनिवार्य रुपमा नेवनागरिक र श्रीजंगा लिपि कार्यान्वयमा ल्याएको गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ बताए । सोमबार कुम्मायक १ नं वडा कार्यालयको देवनागरी र सिरिजंगा लिपिको उत्घाटन गर्दै चेम्जोङले अब सबै वडा कार्यालय र सरकारी कार्यालयमा दुबै लिपिबाट लिपिबद्ध भएका होडिङ बोड राख्न निर्देशन दिए ।

Advertisement

सो अवसरमा कुम्मायक १ नम्बर वडाअध्यक्ष देबेन्द्रकुमार लावती, कार्यापालिका सदस्य उर्मिला निरौला, वडा सदस्य इन्द्रमाया नेपाली, प्रेमराज राई र वडा सचिव राजेश चापागाइ लगायतको सहभागिता रहेको थियो । गाउँपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को देवनागरी र सिरिजंगा लिपिलाई गाउँ सभाबाट पारित गरी पहिलो पटक  १ नम्बर वडामा लागु गरेको छ ।

स्रोत : ब्लाष्ट टाइम्स