May 3, 2024, Friday
२०८१ बैशाख २१, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पूर्व विद्यार्थीहरूले स्कूललाई दिए ट्राफिक सामग्री

पूर्व विद्यार्थीहरूले स्कूललाई दिए ट्राफिक सामग्री

तेह्रथुम । विद्यालय क्षेत्रमा हुने सडक दुर्घटनालाई न्यूनीकरण गर्न भन्दै रत्न माविका पूर्व विद्यार्थीहरूले ट्राफिक जनचेतना फैलाउने सामग्री प्रदान गरेका छन् ।


लालीगुराँस नगरपालिका–८ सोल्मामा अवस्थित माविलाई पूर्व विद्यार्थीहरूको एक समूहले प्रधानाध्यापक अम्बिका प्रसाद खनाललाई ट्राफिक बोर्ड हस्तान्तरण गरेका हुन् । माविमा अध्ययन गरेका २०६७ सालको एसएलसी ब्यातका विद्यार्थीहरूले चार वटा ट्राफिक बोर्डहरू विद्यालयलाई प्रदान गरेको रञ्जुला तेयुङले बताइन् । ‘विद्यालय क्षेत्र आसपास सम्भावित सडक दुर्घटनाहरूलाई रोक्न पूर्वविद्यार्थीको हैसियतले सहयोग गरेका हौँ,’ उनले भनिन् ।

Advertisement

सहयोग गर्ने विद्यार्थीहरूमा उनीसहित जोसना खनाल, सुरेन तेयुङ, मिलन कार्र्की, अम्बर लिम्बु, विनोद तेयुङ, पवित्रा श्रेष्ठ, दीपक खड्का, सन्तोष लाओती, सुमन सिङ्जाङ्गु र पङ्कज खनाल रहेका छन् । पूर्व विद्यार्थीहरूको कामले आफूहरू प्रेरित भएको भन्दै प्रअ खनालले राम्रो कार्य गरेकोमा विद्यार्थीहरुलाई धन्यवाद दिए । पचास हजार बराबरको सामग्री उपलब्ध गराएको समूहले भविष्यमा विद्यालयमा पुस्तकालय स्थापना गर्ने लक्ष्य लिएको अभियन्ता तेयुङले जानकारी दिइन् ।