April 21, 2024, Sunday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली समाज यूके लन्डन शाखाको अध्यक्षमा शान्तकला

नेपाली समाज यूके लन्डन शाखाको अध्यक्षमा शान्तकला

लन्डन । नेपाली समाज यूकेको लन्डन शाखाको अध्यक्षमा शान्तकला राई निर्वाचित भएका छन् । २६ सेप्टेम्बरमा सम्पन्न शाखा अधिवेशनले राईलाई अध्यक्षमा निर्वाचित गरेको हो ।


जनता समाजवादी पार्टी, नेपालको प्रवास अंग मानिने नेपाली समाजको लन्डन शाखा ठूलो शाखामा पर्छ । अधिवेशनले समितिको उपाध्यक्षमा कृष्ण राई, सचिवमा शकुन तामाङ, सहसचिवमा शुकुमाया लिम्बु राई, कोषाध्यक्षमा भूमर राई र सहकोषाध्यक्षमा सोनाहाङ राई निर्वाचित गरेको छ । यसैगरी, सदस्यहरूमा मिलन राई, सुनिता मगर तामाङ, निभगवती राई, खुसीकला गुरूङ, प्रदीप राई, चन्द्रकला राई, निलु देवान, रीना याम्फू लिम्बु, शिव हेल्लोक लिम्बु, कृष्ण रोक्का, मान काउचा, चन्द्र लिम्बु, रद्र राई, र विमला मोक्तान छन् ।

Advertisement

अधिवेशनमा उपस्थित समाजका नेता कार्यकताहरु ।


समाजका अध्यक्ष चन्द्र गुरूङको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनलाई समाजवादी विद्यार्थी सङ्घका केन्द्रीय सचिव रामचन्द्र राईले समेत सम्बोधन गरेका थिए । पूर्ण कुमार लिम्बुको अध्यक्षता तथा कृष्ण कुमार राईको सञ्चालनमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारी सदस्यहरूलाई निर्वाचन मण्डल संयोजक एवम् समाजका सहअध्यक्ष कमल प्रसाद राईले सपथ खुवाएका थिए । निर्वाचन समितिमा उपाध्यक्ष विमला राई र प्रवास विशेष प्रदेश समितिका सदस्य क्षेत्रकला राई समेत सामेल थिए ।