May 17, 2024, Friday
२०८१ जेष्ठ ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चुम्लुङ पूर्व सुनसरी अध्यक्ष तिगेलाको निधन

चुम्लुङ पूर्व सुनसरी अध्यक्ष तिगेलाको निधन

लन्डन । किरात याक्थुङ चुम्लुङ सुनसरीका पुर्व जिल्ला अध्यक्ष गजरधन तिगेलाको निधन भएको छ । लामो समयदेखि रोगले थलिएका तिगेलाको ८३ वर्षको उमेरमा मंगलबार अपरान्ह यूकेमा निधन भएको हो ।


खेवाहाङ वंशावली लेखक तथा संकलक समेत रहेका तिगेला भूतपूर्व गोरखा सैनिक पनि थिए । उनी ७ जीआर पल्टनमा रहेर क्याप्टेन पदमा अवकाश पाएका थिए । उनको जन्म वि.सं. १९९५ बैशाख २६ गते तेह«थुमको आख्रे हालको छथर गाउँपालिका–५ मा भएको थियो । क्यान्सर रोगबाट पीडित उनको मंगलबार अपरान्ह यूकेको स्लाउस्थित आफ्नै निवासमा निधन भएको नजिकका आफन्त रहेका विश्वसदीप तिगेलाले सिलौटी टाइम्सलाई जानकारी दिए ।

Advertisement

उनी सन् १९५४ मा दार्जिलिङको जलपहाडबाट ब्रिटिस गोरखा सैनिकमा भर्ती भएका थिए । उनले सन् १९८२ मा सेवाबाट अवकाश लिएका थिए । उनले मलाया विद्रोह, ब्रुनाई विद्रोह र बोर्नियो विद्रोहमा प्रत्यक्ष सहभागिता जनाएका थिए । तिगेला आफ्ना श्रीमति, एक छोरा र एक छोरीका साथ यूके बस्दै आएका थिए ।