June 5, 2026, Friday
२०८३ जेष्ठ २२, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
चिम्खोले काइलाको एघारौँ कृति आउँदै

चिम्खोले काइलाको एघारौँ कृति आउँदै

लन्डन । चिम्खोले काइलाको नामबाट साहित्यमा कलम चलाइरहेका दूत पुन मगरको एघारौँ कृति सार्वजनिक हुने तयारीमा रहेको छ । आफ्नो ६० औँ जन्मदिनको वर्षगाँठको अवसर पारेर लेखक काइलाले पुस्तक सार्वजनिक गर्न लागेका हुन् ।

‘भैँसी गोठदेखि राजदरबारसम्म’ नाम रहेको आत्मवृतान्तलाई साहित्यकार भावेश भुमरीले काठामाडौँमा सम्पादन गरिरहेका छन् । आफूलाई नजिकबाट नियालेर आफ्ना विविध पाटाहरूबारे करिब दुई दर्जन व्यक्तिहरूले लेखेको सामग्री नै पुस्तकको विशेषता रहेको लेखक काइलाले सिलौटी टाइम्सलाई बताए । ‘मलाई र मेरो काम अनि जीवनलाई हेरेर लेखकहरूले मेराबारे लेखेका छन् । मेरा आफ्ना अनुभवहरू त छँदै नै छन् । यो पुस्तकले मेरो स्वभाव र प्रकृतिलाई उजागर गर्नेछ,’ उनले भने ।

Advertisement

काइलाका पूर्वप्रकाशित कृतिहरु ।


पुस्तक सन् २०२१ भित्र नै ल्याइसक्ने सर्जकले बताएका छन् । मगर संघ यूकेका पूर्व अध्यक्ष समेत रहेका काइला ब्रिटिस गोरखा सेनाका पूर्व वारेन्ट अफिसर हुन् । कथा, कविता, गीत, संस्मरण विधामा कलम चलाउने काइलाका अर्ली भाइ, गोलाद्र्धलाई चक्कर मार्दा, लन्डनको कोसेली, यूकेको जिन्दगी, आधा यात्रा, मेजर पेन्सन खाउँली, सुनदन्ते, मगर संघ यूके, बेस्ट अफ चिमखोले काइला, यूकेतिर जाउली कृति प्रकाशित भइसकेका छन् ।