April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निर्देशक सागर केरुङले जिते जुरी अवार्ड

निर्देशक सागर केरुङले जिते जुरी अवार्ड

काठमाडौँ । चलचित्र तथा म्युजिक भिडियो निर्देशक सागर केरुङले जुरी अवार्ड प्राप्त गरेका छन् । बुधबार सम्पन्न राष्ट्रिय नाचघर जमलमा क्वालिटी फिल्मस प्रा.लि. द्वारा वितरित क्वालिटी इन्टरटेनमेन्ट अवार्ड २०७८ मा लिम्बु भाषाको म्युजिक भिडियो “युप्पारुङ”बाट निर्देशक केरुङ्ले जुरी अवार्ड पाएका हुन् ।

चन्द्रकला साँवाको निर्माण रहेको उक्त म्युजिक भिडियोमा अमृता जवेगू लिम्बु र आदर्श आङ्देम्बेले अभिनय गरेका छन् भने सञ्जय आचार्यको छायांकन/सम्पादन रहेको छ । प्रेम पन्धाकको शब्द/संगीतमा सुनिता सुब्बा र किरन येक्तेनको स्वर रहेको छ । राष्ट्रिय सभा अध्यक्ष माननीय गणेशप्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, चलचित्र कलाकार समाजका अध्यक्ष रबिन्द्र खड्का, नायक धिरेन साक्य, गजित विष्ट, अभिनेत्री लक्ष्मी गिरि लगायत कलाकारहरुद्वारा वितरण गरिएको थियो ।

Advertisement