April 24, 2024, Wednesday
२०८१ बैशाख १३, बिहीबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निवर्तमान समितिले बरबुझारथ नगरेकोमा एनआरएनए यूकेको आपत्ति

निवर्तमान समितिले बरबुझारथ नगरेकोमा एनआरएनए यूकेको आपत्ति

लन्डन । गैरआवासीय नेपाली महासंघ(एनआरएनए) यूकेले निर्वाचन भएको पौने दुई महिना बितिसक्दा समेत पुरानो समितिले बरबुझारथ नगरेकोमा आपत्ति जनाएका छन् । निवर्तमान समितिले आर्थिक तथा भौतिक सम्पति हस्तान्तरण नगरेको भन्दै तत्काल बुझाउन समेत माग गरेका छन् ।

बिहीबार बेलुकी भर्चुअल रूपमा प्रेस सम्मेलन गर्दै अनधिकृत रूपमा बैङ्क खाता, सामग्री नराख्न एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले बताए । उनले चुनाव भएको पौने दुई महिना बितिसक्दा समेत आर्थिक तथा भौतिक जायजेथा हस्तान्तरण नहुनु दुःखद र आपत्तिजनक रहेको जनाए । ‘पुनम गुरूङको समितिले अहिलेसम्म आर्थिक खाता र अन्य भौतिक सम्पत्ति हस्तान्तरण गर्न सकेको छैन । हज्जारौँ पञ्जीकृत सदस्यहरूबाट उठेको रकम लिएर बसिरहनु अनधिकृत कामा हो,’ उनले भने, ‘जे जस्तो अवस्थामा छ तत्काल बुझाउन आग्रह गछौँ ।’

Advertisement

एनआरएनए यूकेको भर्चुअल प्रेस सम्मेलनमा उपस्थित पदाधिकारी र पत्रकारहरु ।

एनआरएनए यूकेको सन् २०२१–२३ कार्यकालका लागि गत अगष्ट ६ मा मतदान भएको थियो । निर्वाचनबाट गाहा मगरको पूरै प्यानल भारी मतले विजयी भएको थियो । निवर्तमान अध्यक्ष पुनम गुरूङनिकटका प्रतिद्वन्द्वी रोजिना प्रधान राई र अर्का उम्मेदवार दीपक श्रेष्ठ पराजित भएका थिए । चुनावबाट निर्वाचित भएलगत्तै नयाँ समितिले पुरानो हिसाब किताब बुझाउन अगष्ट तेस्रो सातामा गुरूङलाई लिखित रूपमै पत्र पठाएर आग्रह गरेका थिए । पत्रको कुनै ठोस जवाफ नआएपछि समितिले पुनः सेप्टेम्बर १६ मा अर्को पत्र पठाएको थियो ।

एनआरएनए यूके उपाध्यक्ष नारायण कँडेलले तत्काल हिसाब किताब र भौतिक सामग्री हस्तान्तरण नबुझाए प्रक्रिया पु¥याएर कडा कदम चाल्ने बताए । यद्यपि त्यस्तो ‘कदम’ केही हुनेबारे उनले खोल्न चाहनेन् । यसैगरी, एनआरएनए यूकेले एक प्रेस विज्ञप्ति जारी गर्दै भौतिक तथा आर्थिक सम्पत्ति बुझाउन माग गरेका छन् । प्रवक्ता भरतमणि चोङवाङले जारी गरेको वक्तव्यमा एनआरएनए यूकेको सात विभिन्न खाताहरूमा दुई लाख पाउण्डभन्दा बढी रकम मौज्दात रहेको उल्लेख छ । जसअनुसार एचएसबीसी पीएलसी बैंक खातामा एक लाख ५५ हजार ३५१ पाउण्ड, नेपाल हाउस खातामा ४३ हजार २३३ पाउण्ड गरी जम्मा एक लाख ९८ हजार ५४७ पाउण्ड रहेको छ । त्यस्तै, अन्य पाँच खातामा रहेको सम्पत्ति सबै गरेर दुई लाख पाउण्ड बढी नगद मौज्दात रहेको एनआरएनए यूकेले जनाएको छ । सन् २०१९ मा भएको निर्वाचनताका गरिएको ठूलो खर्चको विवरण र बिल भर्पाइहरू हालसम्म पनि उपलब्ध नभएको समेत उल्लेख गरेको छ । बरबुझारथका नाममा निवर्तमान महासचिव फडिन्द्र भट्टराईबाट पाँच थान निर्णय पुस्तिका र इमेल तथा फेसबुक पेजमा पहुँच दिने पासवर्डहरू मात्रै हस्तान्तरण भएको महासचिव खुसी लिम्बुले जनाए ।