April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पालाम प्रतियोगिताका गायक गायिकाले ल्याए ‘साप्सु मेलामा’

पालाम प्रतियोगिताका गायक गायिकाले ल्याए ‘साप्सु मेलामा’

विजयपुर । गत वर्ष महामारीका बेला याक्थुङ साक्थिम्मिबा सयङले आयोजना गरेको पहिलो विश्वव्यापी अनलाइन पालाम प्रतियोगिताबाट धेरै कलकारहरू उदाए । प्रतियोगिताको चर्चा देश विदेश सर्वत्र भइरहको बेला नव गायक गायिकाहरूले राम्रो मञ्च समेत पाए ।

प्रतियोगितामा शीर्ष उपाधि नपाए पनि प्रतियोगितामा सहभागी भएका धेरै गायक गायिकाहरूले विभिन्न अवसर पाएर आफूलाई व्यस्त बनाएका छन् । प्रतियोगितामा दोस्रो स्थान हासिल गरेका तेह«थुमे युवा गायक शिव कुमार सम्बाहाम्फेले उदयीमान प्रतिभाको अवार्ड जितेका इन्दिरा नेम्वाङसँग मिलेर फेरि अर्को नयाँ गीत सार्वजनिक गरेका छन् । बुधबार नेम्वाङकै युट्युब च्यानलबाट उनीहरूले ‘साप्सु मेला’ बोलको पूर्वेली लोकगीत सार्वजनिक गरेका हुन् । करिब ११ मिनेट लामो गीतको सङ्गीत भने पान्थरे गायिका नेम्वाङ आफैँले दिएर सङ्गीतकारका रूपमा पहिलोपटक परिचय समेत विस्तार गरेकी छिन् । गीतका शब्दहरू पेशल माबुहाङ(दिल दुखी जन्तरे)ले कोरेका छन् ।

Advertisement

जस्केलो क्रियसनले तयार पारेको भिडियोको गीत मनोज साङ्सोन राईले एरेञ्ज र रेकर्ड गराएका छन् भने राजु कार्कीले मिक्सिङ गरेका छन् । सोल्टी र सोल्टिनीको संवादमा आधारित गीतमा स्थानीयपन र आञ्चलिकताको राम्रो स्वाद पाउन सकिन्छ ।