April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एमालेको प्रथम विधान महाधिवेशन सफलताका लागि ‘प्रवासी नेपाली मञ्च’ को शुभकामना सन्देश

एमालेको प्रथम विधान महाधिवेशन सफलताका लागि ‘प्रवासी नेपाली मञ्च’ को शुभकामना सन्देश

काठमाडौ । ‘प्रवासी नेपाली मञ्च’ अन्तराष्ट्रिय कमिटीले नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनको सफलताको शुभकामना सन्देश दिएको छ ।

भक्तपूरको गोदावारीस्थित सनराईज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा यहि अक्टोवर १–३ गतेसम्म भव्य रुपमा आयोजना हुन गईरहेको कुराले प्रवासमा बस्ने प्रवासी नेपालीहरुको संस्था “प्रवासी नेपाली मञ्च” र त्यस सम्बद्द सबैलाई अत्यन्त खुसी तुल्याएको शुभकामना सन्देशमा उल्लेख छ ।

Advertisement

त्यसैगरी नेकपा (एमाले) को २०७१ असार–श्रावणमा सम्पन्न नवौं महाधिवेशनले व्यवस्था गरे अनुसारको यो पहिलो विधान महाधिवेशन भएको उल्लेख गर्दै यसबीचको ७ वर्षे अवधि नेपालकै राजनीतिक ईतिहासमा “छालमय अवधि” सावित भएको उल्लेख छ ।

शुभकामना सन्देशको पूर्ण पाठ

नेकपा (एमाले) को प्रथम विधान महाधिवेशनको सफलताको शुभकामना सन्देश

संघिय लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणको नायक तथा देशविदेशमा रहेका करोडौं नेपालीहरुको मनको प्रतिनिधित्व गर्ने नेपालको सबैभन्दा ठुलो राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को प्रथम ऐतिहासिक विधान महाधिवेशन भक्तपूरको गोदावारीस्थित सनराईज अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा यहि अक्टोवर १–३ गतेसम्म भव्य रुपमा आयोजना हुन गईरहेको कुराले हामी प्रवासमा बस्ने प्रवासी नेपालीहरुको प्यारो संस्था “प्रवासी नेपाली मञ्च” र यस सम्बद्द सबैलाई अत्यन्त खुसी तुल्याएको छ ।

दुई राष्ट्रिय महाधिवेशन बीचमा विधान महाधिवेशन गर्ने बैधानिक व्यवस्था बमोजिम पार्टीको नीति, सिद्धान्त, बिधि र विधान निर्माणको निर्णायक स्थलोको रुपमा यो विधान महाधिवेशन सम्पन्न हुन गईरहेको छ । यसले पार्टीको केन्द्रीय कमिटीद्वारा प्रस्तुत गरेका राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संसोधन प्रस्ताव उपर छलफल गरी पारीत गर्नेछ ।

नेकपा (एमाले) को २०७१ असार–श्रावणमा सम्पन्न नवौं महाधिवेशनले व्यवस्था गरे अनुसारको यो पहिलो विधान महाधिवेशन हो । यसबीचको ७ वर्षे अवधि नेपालकै राजनीतिक ईतिहासमा “छालमय अवधि” सावित भएको छ । यस अवधीमा पार्टीको अगुवाईमा देशले नयाँ संविधान पायो, दक्षिणी छिमेकीको अमानवीय नाकावन्दीलाई परास्त ग¥यो, स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय सरकार बनाउन सफल भए, नेकपा (एमाले)÷नेकपा (माओवादी केन्द्र) बीचको एकिकरणपश्चात नेकपा गठन गरी संसदमा दुईतिहाई नजिकको बलियो सरकार बनाउन सफल भए, पार्टी एकता असफल बन्नपुगे, पार्टी संगठनमा बिश्रृंखलता देखा परे, केहीले पार्टी छोडी नयाँ पार्टी बनाए, सत्तापक्षबाट प्रमुख प्रतिपक्षको भुमिकामा पुगे तथापी देशको सबैभन्दा ठुलो र जनताको भरोसायोग्य पार्टीको रुपमा अद्यपी यो स्थापीत छ । देशको सरकार अकर्मण्य भई किंकर्तव्यबिमूढ बनिरहेको परिस्थितीमा राष्ट्रको अगुवाई गर्नुपर्ने गहन जिम्मेवारी यस पार्टीको काँधमा आएको छ ।

लोकतन्त्रको परिचालक शक्ति नै राजनीतिक दलहरु हुन् । देशको राजनीतिक दलहरु सुदृढ, शुद्ध र बलियो भयो भने मात्र देशको लोकतन्त्र बलियो हुन्छ र बलियो लोकतन्त्रले देशलाई “समृद्दी र सुख” दिलाउँछ । यस अर्थमा हामी यस विधान महाधिवेशनको भव्य सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं । यस महाधिवेशनको मूल नारा “दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समाजवादको आधार निर्माण पारौं” को मार्गदर्शनमा “समृद्द नेपाल, सुखी नेपाली” बनाउने राष्ट्रिय संकल्पको महान अभियानको मार्गचित्र कोर्न यस महाधिवेशन सफल बनुन यही हाम्रो शुभकामना छ ।

हार्दिक अभिवादन सहित ।