March 24, 2024, Sunday
२०८० चैत्र ११, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
बेलायतमा नेपाली गीत सार्वजनिक हुँदै

बेलायतमा नेपाली गीत सार्वजनिक हुँदै

लन्डन । बेलायतमा बसोबास गर्ने नेपाली सर्जकहरूको गीति सङ्ग्रह ‘बेलायतमा नेपाली गीत’ विमोचन हुने भएको छ । गीतकार एकेन्द्र गुरूङले सम्पादन गरेको उक्त संग्रहको शनिबार विमोचन हुन लागेको हो ।

गुरूङ साहित्यिक मञ्च, नेपालले प्रकाशन गरेको पुस्तकको लोकार्पण वरिष्ठ साहित्यकार सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्य र कवि एवम् गीतकार दिनेश अधिकारीको विशेष उपस्थितिमा भर्चुअल माध्यमबाट हुने सम्पादक गुरूङले जनाए । ‘गीति विधाको उत्थानका लागि बेलायतमा सक्रिय रहेका नेपाली गीतकारहरूको गीति सङ्ग्रह तयार पारेका हौँ,’ उनले सिलौटी टाइम्सलाई भने, ‘यो पुस्तक सम्भवतः बेलायतमा पहिलो हो । त्यसैले, प्रवासमा रहेका नेपाली साहित्यकारहरूले माया दिनुहुन्छ भन्ने लागेको छ ।’

Advertisement

लोकार्पण कार्यक्रमको ब्यानर ।

करिब एक वर्षको समय अवधि लाएर सङ्कलन गरिएको पुस्तकमा ८० गीतकारका १६० गीतहरू समावेश छन् । त्यस्तै, प्रत्येक सर्जकहरूको संक्षिप्त परिचय पनि राखिएको छ । सन् २००८ मा बेलायत प्रवेश गरेका गीतकार गुरूङ अल्डरसटमा बसोबास गरेका एक सर्जक हुन् । उनी तमु(गुरूङ) चलचित्र निर्माता पनि हुन् । नेपालको लमजुङ जिल्ला घर भएका पूर्वप्रधानाध्यापक गुरूङका यसअघि ‘धर्तीमा जून’ गीति सङ्ग्रह र ‘मनको तरङ्ग’ लेख सङ्ग्रह गरेर दुई कृतिहरू प्रकाशित भइसकेका छन् ।