March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
फोम्वो ठूलीको फुङ्कुसिङ् मिम्जिइन् सार्वजनिक

फोम्वो ठूलीको फुङ्कुसिङ् मिम्जिइन् सार्वजनिक

ललितपुर । याक्थुङ लिम्बु भाषाकी सर्जक रीता फोम्वो ठूलीको नयाँ पाःलाम ‘फुङ्कुसिङ मिम्जिइन्’ (फूलजस्ती मायालु) सार्वजनिक भएको छ । फोम्वोको आफ्नै शब्द र लय संकलनमा रहेको पाःलामको शनिबार सार्वजनिक भएको हो ।

फोम्वोको आफ्नो युट्युब च्यानलबाट सार्वजनिक भएको पाःलाममा निरन्ता नेम्वाङ र पहिलो विश्वव्यापी अनलाइन पाःलाम प्रतियोगितामा सेहोनाम्लाङ अवार्ड विजेता सुमन लिम्बुको स्वर सुन्न सकिन्छ । दुवै पछिल्लो समयका व्यस्त गायक गायिकाभित्र पर्छन् । ललितपुरको यङ्चाहिममा विमोचन भएको गीतको भिडियोमा पुष्पाञ्जली तिल्लिङ मादेन(च्याप्पतेकी आमा), आशिष निङ्लेकू, सीता फोम्वो, रेजिना थेगिम, तुलसा आङ्देम्बे, जानू फोम्वो, मनु थक्लुङ, निरन्ता नेम्वाङले अभिनय गरेका छन् । हाङ चेम्जोङले निर्देशन गरेको भिडियोमा चलचित्र निर्देशक सागर केरुङ, पाःलाम प्रतियोगिताका उपविजेता शिव कुमार सम्बाहाङ्फे, कवि डीआर हाङ्सरुम्बा, जेनी आङबुहाङ फोम्वो, पूर्ण बहादुर लिम्बु, राजेन्द्र लाओती, सुमन लिम्बु र भीम सेनेहाङलाई पनि देख्न सकिनेछ ।

Advertisement

इशाक जवेगूले छायाङ्कन साथै सम्पादन गरेको २९ मिनेट लामो भिडियाकोे गीत मनोज साङ्सोन राईले गरेका छन् । काठमाडौँ आसापासका क्षेत्रमा खिचिएको भिडियोमा सञ्जु थलङ लिम्बु र अस्मिता राईले श्रङ्गारमा काम गरेका छन् ।

यसैगरी, विमोचन समारोहकै अवसर पारेर पाःलामबारे विमर्श कार्यक्रम समेत राखिएको गीतकार फोम्वोले सिलौटी टाइम्सलाई जनाइन् । पाःलामबारे अध्येता डीबी आङ्बुङ र वसन्ता सम्बाहाङफेले बोले भने प्राज्ञ अमर तुम्याहाङ र कियाचु लिम्बु साँस्कृतिक परिषद अध्यक्ष गोविन्द आङ्बुङले टिप्पणी गरेका थिए ।