April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मेडस्टोन गोर्खा नेपाली समाजमा गौतम

मेडस्टोन गोर्खा नेपाली समाजमा गौतम

मेडस्टोन । मेडस्टोन गोर्खा नेपाली समाजको अध्यक्षमा ध्रुव गौतम चुनिएका छन् । समाजको हालै भएको कार्य विभाजनका क्रममा गौतम अध्यक्षमा छानिएका हुन् ।

केन्ट काउन्टीको प्रशासनिक राजधानी मानिने मेडस्टोन काउन्सिल क्षेत्रमा बसोबास गर्ने नेपालीहरूको कल्याणकारी कामका लागि समाजको स्थापना भएको हो । समाजको उपाध्यक्षमा महेन्द्र केसी, महासचिवमा वीरेन्द्र काम्वाङ, कोषाध्यक्षमा विनोद बुढाथोकी, सम्पत्ति विभाग प्रमुखमा दीपराज राई, सहसचिवमा अच्छु गुरूङ, सहकोषाध्यक्षमा तोप थापा छन् ।

Advertisement

त्यस्तै, खेलकुद सचिवमा लोक लिम्बु, साँस्कृतिक सचिवमा देवेन्द्र राई, कला तथा मनोरञ्जन सचिवमा युनिल पूर्ण गुरूङ छन् ।