April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘किन हो किन’ सार्वजनिक

‘किन हो किन’ सार्वजनिक

लन्डन । पछिल्लो समय नेपाली संगीतमा चर्चामा आएकी दीपा लामा राई र धन किरण गुरूङको युगल नेपाली गीत ‘किन हो किन’ सार्वजनिक भएको छ । फोक्सटोनमा आयोजित एक समारोहबीच गीत सार्वजनिक भएको हो ।

डीजी प्रोडक्सन यूकेले तयार पारेको आधुनिक पप गीतको गैरआवासीय नेपाली महासंघ(एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहा मगरले सार्वजनिक गरेका थिए । गीतको लेखन र संगीत स्वयम् गायक गुरूङको रहेको छ । प्रभु गुरूङले निर्देशन र कोरियोग्राफी गरेको गीतको भिडियोमा प्रतिभा नक्षत्र युकेका विजेता सुब्रिना लिम्बलेु डेब्यू गरेकी छिन् । उनलाई आशिक गुरूङले अभिनयमा साथ दिएका छन् ।

Advertisement

गीत सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि एनआरएनए यूके अध्यक्ष मगर ।

रोमान्टिक प्रेम कथामा आधारित रहेको म्युजिक भिडियोलाई अल्का गुरुङले निर्माण गरेकी हुन । गीतको संगीत संयोजन सुरथ प्रधानले गरेका छन् भने मिक्सिङ एवम् मास्टरिङ सुमन खड्काले गरेका छन् । गीतको छायांकन र सम्पादनमा सुमन श्रेष्ठ, रंगको ग्रडिङमा नवीन निरौला र श्रङ्गारमा पुष्पा गुरूङले साथ दिएका छन् । गीतको रेकर्डिङ यूकेको डीजी प्रोडक्सन र नेपालको सुर संगम स्टुडियोमा एक साथ गरिएको छ । गीत केन्टको डोभर, समुन्द्री तट लगायत यूकेको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको छ ।

म्युजिक भिडियोमा बेलायतका नयाँ पुस्ताका मोडल आशिक र सुब्रिनाले डेब्युमा नै दम्दार अभिनय निभाएका छन् । गीत सार्वजनिक भएको एक दिनमा सवा एक लाख बढीले गीतलाई हेरिसकेका छन् । आशिक कम्प्युटर इञ्जिनियरिङ र म्युजिक टेकनोलोजीको अध्ययन सकेर डी जी प्रोड्क्सनको प्रबन्ध निर्देशकका रूपका काम गरिरिहेका छन् । प्रतिभा नक्षत्र युकेको उपाधि जितेर चर्चामा आएकी सुब्रिना लिम्बु हाल बायोमेडिकल साइन्स युनिभर्सिटी अफ कीलमा चिकित्सा विषयको अध्ययन गर्दैछिन् ।

म्युजिक भिडियोले दर्शक र स्रोताको मन जित्ने विश्वासका साथ आफूहरू अघि बढेको निर्मात्री अल्का गुरूङले जनाइन् । गीतलाई डीजी प्रोडक्सनको युट्युब च्यानलबाट हेर्न र सुन्न सकिनेछ ।

सार्वजनिक भएको गीत ।