April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पत्रकार पोङ्सुवालाई पितृशोक

पत्रकार पोङ्सुवालाई पितृशोक

विजयपुर । धरानका पत्रकार एवम् राजनीतिकर्मी निमा पोङ्सुवालाई पितृशोका परेको छ । उनका बुवा छितेन पोङ्सुवाको ८१ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको हो ।

चिसेफायू अनलाइनका सम्पादक निमा फोनिजमा पनि संलग्न छन् । उनी जनता समाजवादी पार्टी लिम्बुवान राष्ट्रिय समितिका सदस्य एवम् प्रेस मञ्च नेपाल, लिम्बुवान राष्ट्रिय समितिका सचिव पनि हुन् । संखुवासभा मूल घर भई धरानमा बस्दै आएका पोङ्सुवाका बुवा विगत एक वर्षदेखि पक्षघात रोगबाट पीडित रहँदै आएका थिए । उनको आइतबार नेपालको समयअनुसार दिउँसो साढे तीन बजे निवासमै निधन भएको थियो । मृतक पोङ्सुवाको सिङ्सा भोटिया जातिको लामा परम्पराअनुसार सोमबार अन्त्त्येष्टि कार्य सम्पन्न भएको पत्रकार निमाले बताए ।

Advertisement

लिम्बुवान राष्ट्रिय समितिको शोक वक्तव्य ।

पत्रकार पोङ्सुवालाई पितृशोक परेकोमा जसपा लिम्बुवान राष्ट्रिय समितिले एक शोक वक्तव्य समेत प्रकाशन गरेको छ । शोक विज्ञप्ति मुख्य सचिव केदार धिमालले जारी गरेका छन् । यसैगरी, प्रेस मञ्च नेपालका एक नम्बर प्रदेश समितिका अध्यक्ष फिपराज बेघाले समेत शोक विज्ञप्ति जारी गरेका छन् ।

प्रेस मञ्च नेपाल एक नम्बर प्रदेश समितिको शोक वक्तव्य ।