April 14, 2026, Tuesday
२०८३ बैशाख १, मंगलवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पत्रकार विपीन निरौला सम्मानित

पत्रकार विपीन निरौला सम्मानित

लन्डन । नेपाल पत्रकार महासंघ युकेका अध्यक्ष विपीन निरौला सम्मानित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) युके राज्य समन्वय परिषद वेल्सद्वारा आइतबार आयोजित एक कार्यक्रममा निरौला सम्मानित भएका हुन् ।

सम्मानित पत्रकार निरौला ब्रिटिस खबर डट कमका सम्पादक एवम् प्रकाशक हुन् । उनले ध्रुव अर्याल नेतृत्वको नेपाल पत्रकार महासंघभन्दा बाहिर रहेका र असन्तुष्ट पत्रकारहरूको समूहलाई महासंघबाट नेतृत्व गरिहेका छन् ।

Advertisement

वेल्स कार्यसमितिले राजदुत र राजदुतवासका कर्मचारीलाई पनि सम्मान गर्दै मायाको चिनो दिइएको थियो । साथै,दुतावासले राज्य समन्वय परिषद् वेल्सका कार्यसमितिलाई दुतावासका तर्फबाट सम्मान गरेको छ ।

कार्यक्रममा एनआरएनए युके वेल्सका प्रमुख संरक्षक रामचन्द्र पोखरेल, आइसीसी सदस्य राजेन्द्र पुडासैनी , नेपाली समाज वेल्सका अध्यक्ष बद्रि योङ्या, एनआरएनए वेल्सका सल्लाहकार मोती पुन, लगायतले मन्तव्य व्यक्त गरेका थिए।

वेल्स राज्य समन्वय समितिका अध्यक्ष कृष्ण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अमृत घले, सचिव दीपक सुब्वा, वरिष्ठ सदस्य बलराम अधिकारी लगायत सम्पूर्ण कार्यसमितिको सहभागीता रहेको थियो।

उक्त अवसरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) युके राज्य समन्वय परिषद वेल्सको संयोजनमा राजदुतावासले घुम्ती सेवा समेत उपलव्ध गराएको थियो।