गोर्खा सोलिसिटर्स फर्मको कार्यालय उद्घाटन
लन्डन । गोर्खा सन्ततिद्वारा बेलायतमा पहिलो पटक खोलिएको कान«नी परामर्श केन्द्रका रूपमा रहेको गोर्खा सोलिसिटर्स लिमिटेडको औपचारिक उद्घाटन भएको छ । आइतबार लन्डनको होन्स्लो नगरमा फर्मको उद्घाटन गरिएको हो ।
कार्यालयको उद्घाटन होन्स्लोका नेपाली मूलका मेयर विष्णु गुरूङले रिबन काटेर गरेका थिए । उनले फर्मले नेपाली र गैरनेपाली समुदायलाई उचित कानूनी परामर्श एवम् सेवा प्रदान गर्ने विश्वास व्यक्त गरे । फर्म मे महिनाबाट नै सञ्चालनमा आएता पनि अक्टोबर ३ मा मात्रै औपचारिक उद्घाटन गरिएको प्रमुख सोलिसिटर्स उत्तरमान तिगेलाले बताए । उनले कार्यक्रममा फर्मको पृष्ठभूमि र प्रदान गर्ने सेवा सुविधाबारे संक्षिप्त रूपमा चर्चा समेत गरेका थिए । उनले फर्ममा आबद्ध कर्मचारीहरूको परिचय समेत गराएका थिए ।

उद्घाटन कार्यक्रममा कानून व्यवसायीहरू र सोलिसिटर्सहरूको बाक्लो उपस्थिति रहेको थियो । उक्त अवसरमा गोर्खा मुद्दामा लामो अनुभव सम्हालेका व्यारिस्टर राफेल जेसुरुम, व्यारिष्टर देवेन्द्र श्रेष्ठ, सोलिसिटरहरू दिपक भट्टराई, विपीन रेग्मी र अमर गुरूङले शुभकामना मन्तव्य राखेका थिए ।



प्रतिकृया दिनुहोस्