फेसबुक पेज ह्याक गरी प्रयोग गरेकोमा एनआरएनए यूकेको आपत्ति
लन्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए), यूकेले आफ्नो आधिकारिक फेसबुक पेज दुरुपयोग गरेको प्रति आपत्ति जनाएको छ । बेलायतमा रहेको एक न्यूज पोर्टलसम्बद्ध व्यक्तिले फेसबुक पेज ह्याक गरी अनधिकृत प्रयोग गरेको भन्दै आपत्ति जनाएको हो ।
एनआरएनए यूकेका प्रवक्ता भरतमणि चोङवाङले एक विज्ञप्ति जारी गर्दैँ ब्रिटेन न्यूज पोर्टलको एडमिनबाट पेज ह्याक गरी अनधिकृत रूपमा प्रयोग गरेको जनाएको छ । पोर्टलका सम्पादक चिरन शर्माले देवराज आचार्यका नाममा पेज चलाएको विज्ञप्तिमा उल्लेख छ । शर्मा एनआरएनएका महासचिव हेमराज शर्माका भाइ पनि हुन् । उनी नेपाल पत्रकार महासंघ यूकेका पूर्व अध्यक्ष समेत रहिसकेका व्यक्ति हुन् । पेजमा महासचिव शर्माको प्रचार सामग्री प्रसारण भइरहेकोले निज शर्माको संलग्नता रहेको पनि एनआरएनए यूकेले आशंका गरेको छ ।
प्रवक्ता चोङवाङले संस्थागत गतिविधिका लागि प्रयोग हुने प्रचार सामग्री ह्याक गरिएको कार्यको निन्दा गर्दै उचित कानूनी उपचारमा जाने समेत बताएका छन् ।



प्रतिकृया दिनुहोस्