April 17, 2026, Friday
२०८३ बैशाख ४, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए युके च्यारिटी ट्रस्टमा सात जना ट्रष्टीहरू रहने

एनआरएनए युके च्यारिटी ट्रस्टमा सात जना ट्रष्टीहरू रहने

लन्डन । गैर-आवासीय नेपाली संस्था बेलायत (एनआरएनए युके)को कार्यसमितिको छैटौं बैठक भर्चुअल माध्यम जुममार्फत बसेको छ ।

गत अक्टोबर ७ मा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । जसमध्ये एनआरएनए युकेको हालै च्यारिटी कमिशनमा विधिवत दर्ता भएपछि बैठकले ७ जना ट्रस्टीहरुको चयन गरेको संघका प्रवक्ता भरतमणी चोङबाङले सिलौटी टाइम्सलाई बताए ।

Advertisement

एनआरएनए यूके च्यारिटीलाई कार्यसमितिसंगको समन्वयमा ट्रस्टीहरूको समुहले विधिवत सञ्चालन गर्न पर्ने भएकोले सात जनाको ट्रष्टीहरु सर्वसम्मतिले चयन गरिएको हो ।


ट्रस्टीहरुमा च्यारिटी विभागका पूर्व संयोजक तथा वर्तमान उपाध्यक्ष सुनिलबाबु खड्का, उपाध्यक्ष नारायणीदत्त कँडेल, च्यारिटी विभागका वर्तमान संयोजक तथा वर्तमान उपाध्यक्ष गोविन्द खरेल, महासचिव खुशी लिम्बू, कोषाध्यक्ष विष्णु खरेल, सचिव नम्रता घले गुरुङ र कार्य समिति सदस्य सुरेश परियार रहेका छन् ।