April 23, 2024, Tuesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
लिम्बुवानको तेस्रो महाधिवेशनबाट टङ्क खापुङ पुनः अध्यक्षमा निर्वाचित

लिम्बुवानको तेस्रो महाधिवेशनबाट टङ्क खापुङ पुनः अध्यक्षमा निर्वाचित

लन्डन । सङ्घीय लिम्बुवान सामाजिक मञ्च यूकेको अध्यक्षमा पुनः दोस्रो कार्यकालका लागि टङ्क खापुङ निर्वाचित भएका छन् । मञ्चको शनिबार भएको तेस्रो महाधिवेशनबाट खापुङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

शनिबार फेल्थाम कम्युनिटी हलमा सम्पन्न महाधिवेशनले १९ सदस्यीय पदाधिकारी समिति समेत निर्वाचित गरेको छ । जसअनुसार उपाध्यक्षहरूमा रुकमान कुरम्वाङ, नरबहादुर कुरुम्वाङ, कृष्ण लिङ्देन, कुलदीप राई, कृष्ण कुरुम्वाङ, हर्कजंग कुरुम्वाङ, तेज लाओती छन् । त्यस्तै, महासचिवमा राम इजम, उपमहासचिवमा लाल लिङ्देन, सचिवहरूमा दिल तुम्बाहाङ्फे, शेर बहादुर इङ्नाम, दल योङ्या, किशोर तिल्लिङ चोङवाङ, दीपा आङबुहाङ छन् । यस्तै, अर्थसचिवमा तिल तावा र सहअर्थसचिवमा धन मावो आएका छन् ।

Advertisement

केन्द्रीय समितिको आकार १०७ सदस्यको रहने नवनिर्वाचित अध्यक्ष खापुङले जनाएका छन् । केन्द्रीय सदस्यहरू शाखाबाट पनि प्रतिनिधित्व गर्नुपर्ने भएकोले आगामी बैठकबाट पदपूर्ति गर्ने उनले बताए । नवनियुक्त पदाधिकारीहरूलाई निर्वाचन मण्डलका अध्यक्ष तिलविक्रम सम्बाहाम्फेले सपथ खुवाएका थिए । समितिको सचिवमा दीपेन्द्र लक्सम र सदस्यमा चन्द्र बहादुर लिङ्देन रहेका थिए ।

पार्टीका वरिष्ठ नेता देवी तुम्बाहाङ्फेको प्रमुख आतिथ्यमा सम्पन्न महाधिवेशनमा पार्टीका सचिवालय सदस्य चुडा तुम्बाहाङ्फेको समेत उपस्थित रहेको थियो । सो अवसरमा रस्मोर, कोल्चेस्टर, आसफोर्ड र वेस्ट लण्डनबाट करिब ४० जनाले पार्टी प्रवेश गरेको महासचिव राम इजमले सिलौटी टाइम्सलाई जानकारी दिए ।

महाधिवेशनको खुला सत्रमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष नरवीर आङ्वो, निवर्तमान अध्यक्ष तिलविक्रम सम्बाहाङ्फे, पूर्व सल्लाहाकार नरकुमारी लिम्बु, लिम्बुवान नागरिक समाज यूकेका अध्यक्ष छत्र वनेम, लिम्बु पत्रकार संघ यूकेका अध्यक्ष अमित थेवे, तेह्रथुम समाज यूकेका अध्यक्ष मोहन सोेदेम्बा, याक्थुङ माङ्गेन्ना चुम्लुङका यूकेका उपाध्यक्ष कल्पना आङबुहाङ लगायतले शुभकामना मन्तव्य राखेका थिए । उपस्थित अतिथिहरूलाई तत्कालीन उपाध्यक्ष शर्मिला यक्सोले स्वागत गरेका थिए ।

संघीय लिम्बुवान मञ्च, नेपालको प्रवास संगठनका रूपमा रहेको संलिसा यूकेको स्थापना सन् २०१२ मा भएको हो । मञ्चको यूकेमा १२ शाखाहरू रहेका छन् । मञ्च पूर्वी नेपालमा लिम्बुवान प्रदेश स्थापनाका लागि क्रियाशील राजनीतिक संगठनमध्ये एक हो ।