April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
‘मिथ्या’  सार्वजनिक

‘मिथ्या’ सार्वजनिक

काठमाडौँ । युवा लेखक दीपक पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक भएको छ ।

साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, गनेस पौडेल र सरस्वती प्रतीक्षाले पोखरामा आयोजित  कार्यक्रममा पराजुलीको उपन्यास ‘मिथ्या’ सार्वजनिक गरेका हुन् ।

Advertisement

लेखक सरस्वती प्रतीक्षाले ‘मिथ्या’ उपन्यास आख्यानमा बौद्धिकता रुचाउने पाठकहरूको निम्ति रुचिकर हुने बताइन्, ‘उपन्यासका पात्रहरू वैचारिक चरित्रका रूपमा रहेका छन् , यथार्थ र सरल चरित्रका पात्र भन्दा फरक पात्र भएकाले उपन्यास रोमाञ्चक बनेको छ ।’

सार्वजनिक भएको उपन्यास ‘मिथ्या’ ।

अर्का लेखक गनेस पौडेलले आख्यानमा नवीन स्वाद खोज्ने पाठकले ‘मिथ्या’ उपन्यास रुचाउने धारणा व्यक्त गरे, ‘उपन्यासले कथा वाचनको पूर्वीय परम्परागत शैलीलाई पछ्याएको छ,  अतीत, वर्तमान र भविष्यलाई समेटेर समाजका विभिन्न आयामहरूलाई उपन्यासले चरितार्थ गरेको छ ।’

कवि तीर्थ श्रेष्ठले नेपाली आख्यानको फाँटमा लेखकले उपन्यास मार्फत आफूलाई बलियो रूपमा उभ्याउन सफल भएको बताए । उनले भने, ‘पोखराले उपन्यासको विधामा लामो यात्रा पार गरेको छ,  यो यात्रामा अहिले दीपकले आफूलाई बलियोसँग उभ्याएका छन् ।’

साहित्यकार सरुभक्तले प्रयोग धर्मी उपन्यास जटिल हुने बताउँदै भने,  ‘आख्यानकारले जटिलतालाई पनि रोचक शैलीमा प्रस्तुत गरेर आफूलाई अब्बल साबित गरेका छन् । यो लेखकको सफलता हो ।’

स्वैरकल्पनात्मक उपन्यास ‘मिथ्या’लाई बुकहिल पब्लिकेसनले बजारमा ल्याएको हो ।