March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
तमु समाज बहराइनको आठौँ महाधिवेशन सम्पन्न

तमु समाज बहराइनको आठौँ महाधिवेशन सम्पन्न

बहराइन । तमु समाज बहराइनको आठौँ महाधिवेशन तथा १९औँ साधारणसभा सम्पन्न भएको छ । शुक्रबार बहराईनको मानमा स्थित नेपाली क्लवको सभाहलमा समाजको महाधिवेशन तथा साधारणसभा सम्पन्न भएको हो ।

महाधिवेशनले शंकरमान तमुको नेतृत्वमा २३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको महासचिवमा भीम तमु निर्वाचित भएका छन् । यसैगरि राजु तमु प्रथम उपाध्यक्ष, मिना तमुस्यो द्वितीय उपाध्यक्ष र बालसिंह तमु तृतीय उपाध्यक्षमा निर्वाचित भए । किशोर घले तमु सचिवमा चुनिँदा सहसचिवमा बिफा तमुस्यो चुनिएका छन् । कोषाध्यक्षमा नन्दा तमुस्यो र सहकोषाध्यक्षमा कृष्ण तमु चयन भए । यसैगरि संस्कृतिक सचीव र सहसचिवमा क्रमशः रजित तमु र मेनुका तमु निर्वाचित भएका छन् । ओम तमु ब्यवस्थापन सचीव र अनिता तमु व्यवस्थापन सहसचिवमा चुनिए ।

Advertisement

यता नरेश घले तमु खेलकुद सचिव र नीरध्वज तमु सहसचिवमा निर्वाचित भए । महाधिवेशनबाट मेचुना तमुस्यो, कर्ण तमु, धनमाया तमुस्यो, सुनिता तमुस्यो, मैते तमु, डी. बी. तमु, सन्तोष तमु र दिल बहादुर तमु कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । समाजका सल्लाहकार चक्र गुरुङको संयोजकत्वमा अर्का सल्लाहकार मनु गुरुङ र प्रबक्ता मोहन गुरुङसहितको निर्वाचन मण्डलले नयाँ कार्यसमिति चयन गरेको हो । महाधिवेशन तमु समाज बहराईनका अध्यक्ष नरेन्द्र तमुको सभापतित्व तथा नेपाली क्लब बहराइनका अध्यक्ष कमल श्रेष्ठको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

गैर आवासीय नेपाली संघ समन्वय परिषद बहराइनका अध्यक्ष लक्ष्मी गिरि विशिष्ट अतिथिका रुपमा उपस्थित थिए । बहराइन सरकारले तोकेको कोभिड १९को मापदण्डका कारण महाधिवेशनमा सहभागीहरुको संख्या भने न्यून रह्यो । महाधिवेशनकै बिच समाजको लागि विभिन्न तबरले योगदान पु¥याएकाहरुलाई सम्मान समेत गरिएको थियो । तमु समाज बहराइन तमुहरुको मौलिक संस्कार र संस्कृति को संरक्षणमा निरन्तर क्रियाशील रहदै आएको छ ।