April 23, 2024, Tuesday
२०८१ बैशाख १२, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
गीतकार नेप खापुङले ‘चल्लक चल्लक’ ल्याए

गीतकार नेप खापुङले ‘चल्लक चल्लक’ ल्याए

लन्डन । याक्थुङ लिम्बु भाषाका सर्जक नेप खापुङको नयाँ गीत ‘चल्लक चल्लक’ सार्वजनिक भएको छ । याक्थुङ भाषामै लेखिएको गीत सोमबार सार्वजनिक भएको हो ।

रीता फोम्वो ठूलीको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको रचना र संगीत खापुङ स्वयंमले गरेका छन् । गीतमा लोकप्रिय गायक ब्रबिम शेर्मा र गंगा फियाकको स्वर सुन्न सकिन्छ । हाङ चेम्जोङले निर्देशन गरेको म्युजिक भिडियोमा गायिका फियाकसँगै चर्चित कलाकार फु?लेन्देको बाउ(मौसम इम्बुङ)को अभिनय रहेको छ । गीतकार रीता फोम्वो ठूलीले निर्माण गरेको गीतको नृत्य संयोजकमा दिनेश माङ्मु, क्यामेरा र सम्पादकमा इशाक जवेगू, प्रकाशमा सञ्जोग र धीरेनको समूह छन् ।

Advertisement

सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतको एरेन्ज टेकेन्द्र यक्सो र मास्टरिङ तथा मिक्सिङ मुस्कान मुकारूङले गरेका छन् । गीतलाई गीतकार फोम्वोको युट्युब च्यानलबाट सुन्न र हेर्न सकिनेछ । गीत तन्नेरी तरुनीबीचको मायाप्रीतिको संवाद र अनुभूतिमा आधारित छ । गीतको बीच बीचमा पाःलामका पंक्तिहरु पनि गाँस्सिएका छन् ।

सार्वजनिक भएको गीत ।