May 15, 2026, Friday
२०८३ जेष्ठ १, शुक्रबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाल ‘रेड लिस्ट’ बाट हटेको ब्रिटिश यातायात मन्त्रालयले दियो एनआरएनए युकेलाई जानकारी  (पत्र सहित)

नेपाल ‘रेड लिस्ट’ बाट हटेको ब्रिटिश यातायात मन्त्रालयले दियो एनआरएनए युकेलाई जानकारी (पत्र सहित)

लन्डन । ब्रिटिश यातायात मन्त्रालयले एनआरएनए युकेलाई एक पत्र पठाउंदै नेपाल सोमबार (११ अक्टोबर) देखि कोभिड सम्बन्धित प्रतिबन्धात्मक सूचीबाट हटेको तर यात्रुले लगाएको खोपको आधारमा क्वारेन्टाइन निर्धारण गरिने जनाएको छ । 

एनआरएनए युकेका अध्यक्ष प्रेम गाहा मगरले गत १५ सेप्टेम्बरमा एक पत्र लेख्दै नेपाललाई ‘रेड लिस्ट’ बाट हटाउन  गरेको अनुरोधको जवाफमा मन्त्रालयले त्यस्तो जानकारी दिएको हो । 

Advertisement

मन्त्रालयले  https://www.gov.uk/guidance/travel-to-england-from-another-country-during-coronavirus-covid-19#new-rules/.   लिंकमा गएर पछिल्लो सूचना प्राप्त गर्न सकिने पनि जानकारी दिएको छ । 

एनआरएनए यूकेको संंस्थागत लोगो ।

ब्रिटिश सरकारले नयाँ वर्ष २०२२ को शुरुमा उसको यातायात नीतिबारे थप पुनरावलोकन गर्ने पनि पत्रमा उल्लेख छ । 

अध्यक्ष  गाहा मगरले नेपाललाई ‘रेड लिस्ट’ बाट हटाउने ब्रिटिश सरकारको निर्णयको स्वागत गरेका छन् । उनले यस निर्णयबाट बेलायतमा बसोबास गर्ने भूतपूर्व गोर्खा बाबाआमा लगायत सम्पूर्ण नेपाली समुदायलाई दशैं तिहार जस्ता प्रमुख चाडको मुखमा राहत मिलेको बताए। 

उनले  नेपाललाई  ‘रेड लिस्ट’ बाट हटाउन ब्रिटिश सरकारसंग पहल गर्ने लन्डनस्थित नेपाली दूतावास, अभियान चलाउने विभिन्न  संघसंस्था तथा ऐक्यबद्धता जनाउने सबै जनसमुदायलाई धन्यवाद पनि दिएका छन् ।