April 22, 2024, Monday
२०८१ बैशाख १०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेले फेसबुक पेज ह्याक गर्ने आचार्यविरुद्ध कानूनी कार्वाही अगाडि बढाउँदै

एनआरएनए यूकेले फेसबुक पेज ह्याक गर्ने आचार्यविरुद्ध कानूनी कार्वाही अगाडि बढाउँदै

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आफ्नो आधिकारिक फेसबुक पेज अवान्छित रुपमा ह्याक गर्ने देवराज आचार्य (चिरन शर्मा) विरुद्ध साइबर सम्बन्धी कानूनअनुसार कार्वाही अगाडी बढाउने भएको छ । 

एनआरएनए युकेको गत मंगलबार बसेको बैठकले चिरन शर्मा विरुद्ध ब्रिटिश प्रहरी समक्ष साइवर अपराधमा एफआइआर दर्ता गर्ने निर्णय गरेको हो । बैठकले प्रवक्ता भरतमणि लिम्बुलाई यो कार्यका लागि जिम्मा दिएको छ । मानार्थ सदस्यमा मनोनित उनले गत हप्ता एनआरएनए युकेको फेसबुक पेज ह्याक गरी उपाध्यक्ष बद्री केसीको घोषणा सभाको प्रत्यक्ष प्रसारण गरेका थिए । 

एनआरएनए युकेको फेसबुक पेजको अनधिकृत प्रयोग गरेका चिरन शर्माको एनआरएनए युकेको सदस्यता समेत निलम्बन हुने भएको छ । संघको बैठकले फेस बुक ह्याक गर्ने शर्माको सदस्यता विधान अनुसार निलम्बन गर्ने प्रकृया पनि अगाडी बढाएको छ  ।
डा. केसी पत्रकार सम्मेलनमा ।