April 20, 2024, Saturday
२०८१ बैशाख ८, शनिबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेको लेखा समिति  गठन

एनआरएनए यूकेको लेखा समिति गठन

लन्डन । गैर आवासीय नेपाली संघ(एनआरएनए) यूकेले संघको हिसाब किताव तथा आर्थिक प्रशासनको निरीक्षण गर्न विधान अनुसार एक लेखा समिति  गठन गरेको छ ।

समितिमा चार्टर्ड एकाउन्टेन्ट राजेन्द्र सुवेदी संयोजक रहेका छन् भने सदस्यमा भ्रखरै सम्पन्न निर्वाचनमा अध्यक्ष पदका उपविजेता दिपक श्रेष्ठ, एनआरएनए यूके राज्य समन्वय परिषद स्कटल्याण्डकी कोषाध्यक्ष तथा लेखा व्यवसायी शर्मिला भण्डारी सदस्य तथा कोषाध्यक्ष विष्णु खरेल सदस्य सचिव रहेका छन् । पाँच सदस्यीय समितिमा सल्लाहकार तथा संरक्षक मध्यबाट मनोनीत गर्नुपर्ने एक सदस्य भने पछि थप गरिने बताइएको छ । 

Advertisement

गैर आवासीय नेपाली संघ यूकेको विधानको धारा ३३.६ मा गैर आवासीय नेपाली संघ यूकेको आर्थिक गतिविधिको अध्ययन तथा अनुगमन गर्न नयाँ  नेतृत्व  निर्वाचित भएको तीन महिनाभित्र लेखा समिती गठन गर्नु पर्ने प्रावधान रहेको छ । समितिमा लेखा विज्ञ एक, महिला एक, संरक्षक तथा सल्लाहकार मध्येबाट एक मनोनित गरिने तथा कोषाध्यक्ष समितिको सदस्य सचिव हुने व्यवस्था छ । जस अनुसार लेखा विज्ञको रुपमा सिए राजेन्द्र सुबेदी, महिलाबाट शर्मिला भण्डारी, अध्यक्षका उम्मेदवार मध्येबाट दिपक श्रेष्ठलाई मनोनित गरिएको छ भने सल्लाहकार तथा संरक्षकको मनोनयन नभै सकेकोले एकजना सदस्यको मनोनयन पछि गरिने भएको छ ।