April 19, 2026, Sunday
२०८३ बैशाख ६, आईतवार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
एनआरएनए यूकेद्वारा प्रधानमन्त्री देउवासँग भेट

एनआरएनए यूकेद्वारा प्रधानमन्त्री देउवासँग भेट

लन्डन । गैर–आवासीय नेपाली संघ बेलायत (एनआरएनए) यूकेले प्रधानमन्त्री शेरबहादुर देउवासंग एक औपचारिक भेट गरेको छ । नेपाली राजदुतावास लण्डनमा आयोजित भेटमा बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेले एक ज्ञापन पत्र पनि पेश गरेको छ ।

बेलायतवासी नेपालीहरुको तर्फबाट एनआरएनए यूकेको पेश ज्ञापन पत्रमा नेपाली नागरिकताको निरन्तरता, गोर्खा मुद्दाको स्थायी समाधान, नेपाल–ब्रिटेन प्रत्यक्ष हवाई उडान सेवा पुनः सञ्चालन, विदेशमा रहेका नेपालीहरुले मतदानमा भाग लिन पाउने व्यवस्था र नेपालमा वैदेशिक लगानीमैत्री वातावरण बनाउन आग्रह गरिएको छ । संघको तर्फबाट उपाध्यक्ष गोविन्द खरेलले ज्ञापनपत्र वाचन गरेका थिए । औपचारिक भेट कार्यक्रमको सञ्चालन महासचिव खुशी लिम्बुले गरेको थिए भने अध्यक्ष प्रेम गाहा मगरले ज्ञापन पत्र बुझाउँदै संघको तर्फबाट आफ्ना कुराहरु राखे । कार्यक्रममा एनआरएनए आइसीसीका सल्लाहकारहरु कुल आचार्य, विश्व आदर्श पण्डित, महासचिव डा. हेम राज शर्मा, आइसीसी सदस्यहरु र एनसीसी यूकेका सबै जसो सदस्यहरुकाे उपस्थिति रहेको थियो ।

Advertisement

https://fb.watch/8Z7JQ-8YbD/