May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मिलीजुली उपन्यास अब अडियोमा सुन्न सकिने

मिलीजुली उपन्यास अब अडियोमा सुन्न सकिने

लन्डन । बेलायतनिवासी नेपाली उपन्यासकार शान्ति लिम्बुको उपन्यास ‘मिलीजुली’ अब अडियो भर्सनमा सुन्न सकिने भएको छ । पुस्तक प्रकाशित भएको चार वर्षपश्चात श्रोताहरूले अडियो संस्करणमा उपन्यासलाई सुन्न सक्ने भएको हो ।

आइतबार एक कार्यक्रममा उपन्यासको अडियो भर्सन सार्वजनिक हुने उपन्यासकार लिम्बुले सिलौटी टाइम्सलाई बताइन् । ‘किताब निस्किएको चार सालपछि अब पाठक तथा श्रोताहरूले उपन्यासलाई अडियोमा सुन्न सक्नेछन्,’ उनले भनिन्, ‘पाठकहरूले पुस्तकको माग गरेपछि पूर्ण अडियो भर्सनमा निकालेकी हूँ ।’ सन् २०१७ मा प्रकाशित भएको उपन्यासको अडियो भर्सन आइतबार याक्थुङ माङगेन्ना चुम्लुङ यूकेको एक कार्यक्रमबीच सार्वजनिक हुँदैछ ।

Advertisement

उपन्यासकार लिम्बुको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने उपन्यासलाई साढे चार घण्टाको अवधिमा सुन्न सकिने गरी तयार भएको छ । यसमा प्रवीण दाहालको स्वरमा उपन्यास वाचन गरिएको छ । पुस्तक नेपाल र बेलायतको पृष्ठभूमिमा लेखिएको सामाजिक उपन्यास हो । प्रेम प्रसंग र व्यक्तिको मनोविज्ञानमा आधारित भएर उपन्यासकारले पुस्तक लेखेकी छिन् ।

उपन्यासकार लिम्बु आफ्नो पुस्तकसँग ।

रश्मोर निवासी उपनयासकार लिम्बु विश्व नेपाली साहित्य महासंघ, पश्चिम यूकेकी सचिव समेत हुन् । व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी उनी पेशाले नेटवर्क इञ्जिनियर हुन् । माहिली फाउन्डेसनकी अध्यक्ष रहेकी उनी किरात याक्थुङ चुम्लुङ, पान्थर सेवा समाज यूके लगायतका संस्थाहरूमा आबद्ध छिन् ।

अडियो भर्सनमा मिलीजुली उपन्यास ।