April 29, 2024, Monday
२०८१ बैशाख १७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
निङ्वा इगेक’ को म्युजिक भिडियो

निङ्वा इगेक’ को म्युजिक भिडियो

काठमाडौँ । याक्थुङ लिम्बु भाषाको पालाम गीत ‘निङ्वा इगेक’ को म्युजिक भिडियोको सोमबार छायांकन सम्पन्न भएको छ । सेवालुङ च्यानलले निर्माण गरेको भिडियोलाइ अहिलेको व्यस्त निर्देशक हाङ चेम्जोङले गरेका छन् ।

निरन्ता नेम्वाङको शब्द/संकलन, सुमन लिम्बु र निरन्ता नेम्वाङको स्वर, सञ्जु थलङ्को शृङ्गार, इशाक जवेगूको छायांकन/सम्पादन रहेको पालाममा भिम तुम्बाहाम्फे, सागर केरुङ, रुविना लिम्बु इङ्नाम, निङ्वा नेम्बाङ, सेखर इङ्नाम, प्रदिप इङनाम, प्रेम तामाङ, सुकमान इङ्नाम, दिलकुमार इङ्नाम, पुस्तिका इङ्नाम, कमला इङनाम, तारा इङ्नाम, मनिका इङ्नाम, दिल कुमार इङ्नाम, जोक मायाँ लिङ्देन, गोरी मायाँ इङ्नाम, कुलबहादुर इङ्नाम, श्यामबहादुर इङ्नाम र आयुस इङ्नामले अभिनय गरेका छन् । केहिदिन भित्रै सेवालुङ युटुब च्यानलबाट सार्वजनिक गरिने निर्देशक चेम्जोङले बताए ।

Advertisement