May 15, 2024, Wednesday
२०८१ जेष्ठ २, बुधबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
उत्कृष्ट पाँच पुस्तकहरू पहिचान पुरस्कारका लागि छनौट

उत्कृष्ट पाँच पुस्तकहरू पहिचान पुरस्कारका लागि छनौट

लन्डन । प्रत्येक वर्ष वितरण हुदै आएको पहिचान पुरस्कार कोषले यस बर्ष उत्कृष्ट पाँच वटा पुस्तकहरु छनोट गरेको छ । वि.सं.२०७७ साउन देखि २०७८ साउन २०२१ सम्म प्रकाशित भई कोषमा प्राप्त भएको पुस्तकहरुबाट छनौट गरिएको हो । जसमा श्याम शाहको ‘पथेर’, अनन्त वाग्लेको ‘कदम’, प्रकाश आङदेम्बेको ‘म एउटा बिहान हिँडिरहेछ’, बिना थिङको ‘याम्बुनेर’ र केदार संकेतको ‘अफगानी  रणमैदान’ रहेको छ । 

पहिचन पुरस्कार कोषको प्रेस विज्ञप्ति ।

यसभन्दा अगाडी ४ वटा कृतिहरुले पहिचान पुरस्कार पाइसकेका छन् । राजन मुकारुङको ‘फेरिदो सौन्दर्य’, अर्जुन खालिङको ‘गोयङको सुगन्ध’, यज्ञशको ‘भुइया’ र उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको  ‘नथिया’ले पहिचान पुरस्कार पाइसकेका छन भने पहिचान सम्मानबाट खगेन्द्र संग्रौलालाई सम्मानित गरिसकेको छ । यसपल्ट पहिचान पुरस्कारको घोषण डिसेम्बर २०२१ मा हुने छ ।

Advertisement