May 20, 2024, Monday
२०८१ जेष्ठ ७, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
केभेक्ते फुङ्ए भन्दै आइन् गायिका सिङ्गक

केभेक्ते फुङ्ए भन्दै आइन् गायिका सिङ्गक

काठमाडौँ । याक्थुङ लिम्बु भाषाको पछिल्लो पुस्ताकी चर्चित गायिक सीता सिङ्गकले नयाँ गीत ‘केभेक्ते फुङ्ए’ गीत सार्वजनिक गरेकी छिन् । आफ्नो एकल गायनमा रहेको गीत कात्तिक दोस्रो साता ल्याएकी हुन् ।

आफ्नै युट्युब च्यानल फेदापहाङ्मामा सार्वजनिक भएको साढे तीन लामो गीत ‘ केभेक्ते फुङ्ए(पहरामुनि फूल)’ को रचना एवम् निर्माण पीएस इजम सुब्बा र पश्चिम सिक्किमकी निसा टासिदिङले गरेका हुन् । संगीत एकान्त आङ्देम्बेले भरेका छन् । सो गीतको म्युजिक भिडियो चर्चित फिल्म केबा कोक्माका निर्देशक रनवीर(रवि) शेर्माले गरेका छन् । भिडियोमा गायिका सिङ्गकलाई कलाकार एवम् सर्जक यासेली योङहाङ र विनोद पोमोले अभिनय गरेर साथ दिएका छन् । अन्य कलाकारहरूमा कविता ओख्रावु, सरस्वता इस्वो, जुनिता नेम्वाङ, दीपा सम्बाहाङ्फे, कृष्ण्राज नेम्वाङ, शिव कुमार पङ्गेन्हाङ, हरिमाया खापुङ, विष्णु यक्सो, बीना तामाङ, रोमन बान्तवा राई र किरण रक्सा रहेका छन् ।

Advertisement

कवि सनमान चेम्जोङले अनुवाद गरेको गीतलाई एक्सटिक नेपालको स्टुडियोमा चन्द्र चौधरीले मास्टरिङ मिक्सिङ र देवेश राईले एरेञ्ज गरेका छन् । वृत्तचित्र निर्देशक एवम् सञ्चारकर्मी विष्णु सिङ्गक र एकान्त आङ्देम्बेले गीत र भिडियो निर्माणको कार्यलाई व्यवस्थापन गरेका छन् । मनोज राईले गीतको सम्पादनमा आफ्नो कुशलता देखाएका छन् । सुमिना राना मगरको साजसज्जामा कलाकारहरूले जीवन्त अभिनय दिएका छन् । वियोगान्त रसमा लेखिएको गीतमा याक्थुङ संस्कार र संस्कृतिका केही झलकहरू पनि देख्न सकिन्छ ।

सार्वजनिक भएको गीत ।