एनआरएनए यूकेको महिला विभाग गठन
लन्डन । गैर–आवासीय नेपाली संघ (एनआरएनए) यूकेको कार्यकाल २०२१–२३ को लागि महिला विभाग गठन भएको छ । एनआरएनए यूके महिला संयोजक विमला लिम्बुले प्रस्तुत गरेको उपसमितिलाई गत नोभेम्बर एक मा बसेको कार्यसमितिको पूर्ण बैठकले पारित गरेको हो ।
चालु कार्यकालको महिला बिभागको सहसंयोजकहरुमा मनीकला राई गुरुङ र आस्था जोशी छन् भने सदस्य सचिव र कोषाध्यक्षमा क्रमशः उषा चाम्लिङ राई र माया केसीलाई राखिएको छ ।
महिला विभागको सदस्यहरुमा एनआरएनए यूके इङल्याण्ड राज्य परिषद सहसचिव अञ्जू कुँवर, सुमी भण्डारी, मञ्जु लिङ्दम र गीता रायमाझी रहेका छन् ।
एनआरएनए यूकेको महिला बिभागका संस्थापक संयोजक संगीता मरहट्ठा (२०११–१३), पूर्व संयोजकहरु बबी लामा (२०१३–१५), सुशीला राई (२०१५–१७), लिलादेवी गुरुङ (२०१७–१९) र प्रसुना कँडेल (२०१९–२१) पाँचै जनालाई सल्लाहकार राखिएको छ ।
एनआरएनए यूकेको महिला विभागमा नर्दर्न आयरल्याण्ड, वेल्स र मिडल्याण्डबाट कम्तिमा एक एक जना प्रतिनिहिरु आएपछि समितिले पूर्णता पाउने संयोजक विमला लिम्बूले बताइन् ।



प्रतिकृया दिनुहोस्