May 6, 2024, Monday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
नेपाली जनप्रगतिशील मञ्च बेलायतको अधिवेशन तयारी पूरा

नेपाली जनप्रगतिशील मञ्च बेलायतको अधिवेशन तयारी पूरा

लन्डन । नेपाली जनप्रगतिशील मञ्च, यूकेले आफ्नो राष्ट्रिय अधिवेशनको तयारी पूरा गरेको छ । अधिवेशनका पूर्वसन्ध्यामा मञ्चले विभिन्न ठाउँहरूमा एरिया कमिटी भेला तथा कार्यक्रमहरू आयोजना गरिरहेको छ ।


नेकपा माओवादी(केन्द्र)को प्रवास संगठनका रूपमा रहेको जनप्रगतिशील मञ्च यूकेको तेस्रो बैठकले अधिवेशनलाई सहज ढंगमा सम्पन्न गर्न सुरेश गौतमको अध्यक्षतामा तयारी समिति समेत गठन गरिएको छ । जसको सचिवमा शेरसिं ठकुरी संचार तथा प्रचार प्रसार विभाग इन्चार्जमा काभ्रेका कान्छा राम बुढाथोकी सवसम्मत रूपमा चयन भएका छन् । त्यस्तै, युवा तथा विद्यार्थी इञ्चार्जमा नविन स्याङ्तान, महिला इञ्चार्जमा विमला लिम्बु, सङ्गठन विभाग प्रमुखमा मान बहादुर गुरूङ, आर्थिक विभाग प्रमुखमा कपिल श्रेष्ठ रहेका छन् ।

Advertisement

त्यस्तै, सदस्यहरूमा तुल छन्त्याल, राममणि रिजाल, कृष्ण खनाल, गुरुङ गुरुङ, विशाल गोले, रुद्र गैरे, जित गिरी ,विपीन गुरुङ, ईश्वर रिजाल, पार्वती पाण्डे रहेका छन् । यसैगरी, सल्लाहकारहरूमा सुरेन्द्र श्रेष्ठ, रण बहादुर केसी, कर्मा पहाडी शेर्पा रहेका छन् ।

मञ्चले अन्य सामाजिक संघसंस्थाहरूसँग सम्बन्ध सुदृढ गर्न तथा दर्ता प्रक्रियालाई सहज गर्न पाँच सदस्यीय मस्यौदा समिति समेत गठन गरेको छ । जसअनुसार राममणि रिजाल, तुल छन्त्याल, कान्छाराम बुढाथोकी (विनय), कृष्ण खनाल, विशाल गोले तामाङ रहेका छन् ।

मञ्चले गत अक्टोबर २४ मा नर्थ वेस्ट लन्डन एरिया कमिटी समेत गठन गरेको छ । साउथ ह्यारोमा सम्पन्न एक भेलाले राजमणि राईको अध्यक्षतामा पाँच सदस्यीय समिति चयन गरेको थियो । समितिको सचिवमा पृथीलाल याक्खा, सदस्यहरूमा देउमान जिमी र बिना लिम्बु रहेका छन् । रिक्त एक सदस्य भने पछिको बैठकले पदपूर्ति गर्ने निर्णय भएको छ । यसैगरी, नोभेम्बर २ मा इष्ट लन्डन एरिया कमिटी समेत निर्माण हुन गइरहेको महिला विभाग प्रमुख विमला लिम्बुले जानकारी दिइन् ।

यसैगरी, संसारभरि फैलिएको कोरोना महामारीविरुद्धको महाअभियानमा हातेमालोस्वरूप नेपाली जनप्रगतिशील मञ्च, बेलायतले पार्टीको केन्द्रलाई पाँच लाख रूपैयाँ पठाएको अध्यक्ष गौतमले सिलौटी टाइम्सलाई जनाए । मञ्चको स्थापना सन् २००४ मा भएको थियो ।