April 13, 2026, Monday
२०८२ चैत्र ३०, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
मन्त्रीसहित लिम्बुवान प्रदेश एककाे सरकारमा

मन्त्रीसहित लिम्बुवान प्रदेश एककाे सरकारमा

धरान । प्रदेश एकको नयाँ सत्ता समिकरणको सरकारमा राजेन्द्र राईले मुख्यमन्त्री नियुक्त भएसंगै सलोराम संघीय लिम्बुवान मञ्च राज्यमन्त्री सहित सत्तारुढ गठबन्धन दल बनेको छ । प्रदेश १ मा नेकपा एमालेलाई विस्थापित गर्न पाँच दलीय गठबन्धन बनेपछि मुख्यमन्त्री सहित ६ सदस्यीय प्रदेश मन्त्री मण्डल बनेको हो ।

Advertisement

सरकारमा नेकपा (एकिकृत समाजवादी)का मुख्यमन्त्री राई, काँग्रेस संसदीय दलका नेता हिमाल कार्की, भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो आर्थिक मामिला तथा योजना मन्त्री, काङ्ग्रेसका सचेतक केदार कार्की आन्तरिक मामिला तथा कानुन मन्त्री, जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादव सामाजिक विकास मन्त्री, सलोराम संघीय लिम्बुवान मञ्चकी विष्णुमाया तुम्बाहाम्फे सामाजिक विकास राज्यमन्त्री रहेकी छन् ।

मञ्चकी तुम्बाहाम्फे प्रदेश सभामा एक मात्र समानुपाति सांसद हुन् । प्रदेश सरकारको नयाँ सत्ता गठबन्धनमा सामेल भएर प्रत्यक्ष तर्फ चुनाव नजितेपनि लिम्बुवान सत्ता साझेदार बनेको छ । राजनीतिक रुपमा गठबन्धन मञ्चको लागि राम्रो अवसर साबित भएको छ ।