May 6, 2024, Monday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
जनप्रगतिशील मञ्चको साउथ इष्ट लन्डन समितिमा पौडेल

जनप्रगतिशील मञ्चको साउथ इष्ट लन्डन समितिमा पौडेल

इस्ट लन्डन, नोभेम्बर २ । नेपाली जनप्रगतिशील मञ्च, यूकेको साउथ इष्ट लन्डन एरिया कमिटीको अध्यक्षमा हरि पौडेल निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रनिकट मञ्चको पहिलो क्षेत्रीय अधिवेशनबाट पौडेल अध्यक्षमा चयन भएका हुन् ।

मङ्गलबार प्लमस्टिडमा भएको अधिवेशनले पौडेलको नेतृत्वमा ११ सदस्यीय कमिटी समेत गठन गरेको छ । जनप्रगतिशील मञ्च यूकेका अध्यक्ष सुरेश गौतमको प्रमुख आतिथ्यमा भएको अधिवेशनले उपाध्यक्षहरूमा हरि अर्याल र माया केसी, सचिवमा अरुण थापा र कोषाध्यक्षमा हेमा थापा छन् । त्यस्तै, सदस्यहरूमा अमर गुरूङ, प्रेम गुरूङ, नवराज थापा मगर, लाक्पा डोमा शेर्पा लामा, नन्द कुमारी गुरूङ र कल्पना गुरूङ शेर्पा लामा रहेका छन् ।

Advertisement

नवनिर्वाचित पौडेलकै अध्यक्षतामा भएको कार्यक्रमको विशेष अतिथिका रूपमा नेपाल आदिवासी जनजाति महासंघ यूकेका अध्यक्ष एवम् पार्टीका बेलायत सल्लाहकार कर्मा पहाडी शेर्पा रहेका थिए । त्यस्तै, सङ्गठन विभाग प्रमुख मान बहादुर गुरूङ, महिला इञ्चार्ज विमला लिम्बु, युवा तथा विद्यार्थी इञ्चार्ज नविन स्याङ्तान, नेपाली जनसम्पर्क समिति यूकेका कोषाध्यक्ष कुश बस्नेतहरूको समेत उपस्थिति रहेको थियो ।

जनप्रगतिशील मञ्च यूकेको आइतबार भएको साउथ इष्ट लन्डन अधिवेशनमा उपस्थित नेताहरु ।

अरुण थापाले सञ्चालन गरेको कार्यक्रममा माया केसीले स्वागत मन्तव्य राखेका थिए । नयाँ कार्य समितिको चयन प्रक्रियालाई सहज गर्न सङ्गठन विभाग प्रमुख मान बहादुर गुरूङको अध्यक्षतामा निर्वाचन मण्डल गठन गरिएको थियो । समितिको सदस्यहरूमा कर्मा पहाडी शेर्पा र महिला इञ्चार्ज विमला लिम्बु रहेका थिए । नवनिर्वाचित कार्य समितिहरूलाई उपस्थित पार्टीका सबै नेताहरूले शुभकामना दिएका थिए । मन्तव्यकै क्रममा मञ्च यूकेका अध्यक्ष गौतमले आगामी आम निर्वाचनबाट नेकपा माओवादी केन्द्र सबैभन्दा ठूलो कम्युनिष्ट दल हुने बताए । उनले उत्पीडित वर्ग, समुदाय, क्षेत्र र लिङ्गका लागि पार्टीले सधैँ संघर्ष जारी राख्ने समेत धारणा राखे ।

बेलायतमा जनप्रगतिशील मञ्चको ११ क्षेत्रीय कमिटीहरू सक्रिय रहेका छन् । मञ्चको स्थापना सन् २००४ मा भएको थियो । पूर्व नेकपा हुँदा मञ्चको पूर्वी एसिया, यूरोप, अमेरिका, खाडी राष्ट्र, अष्टे«लिया र भारत लगायतका ३६ देशमा प्रवास संगठन रहेका थिए । नेकपा फुटेर एमाले, नेकपा माओवादी केन्द्र र समाजवादी केन्द्र बनेसँगै प्रवास संगठनहरूको पुनगर्ठन हुने क्रम जारी रहेको छ ।