May 5, 2024, Sunday
२०८१ बैशाख २४, सोमबार
ताजा अपडेट
ताजा अपडेट ×
ST hd tv
पर्यटन मन्त्री आलेसँग एनआरएनए यूकेकाे अन्तरक्रिया हुँदै

पर्यटन मन्त्री आलेसँग एनआरएनए यूकेकाे अन्तरक्रिया हुँदै

लन्डन । हाल बेलायतको भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेसँग गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेले एक अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको छ। बिहीबार, ४ नोभेम्वर, अपरान्ह ५:३० बजे अल्डरसटस्थित एनआरएनए युकेको कार्यालयमै अन्तरक्रिया कार्यक्रम  आयोजना गरिने कार्यक्रम संयोजक तथा एनआरएनए यूकेकी उपाध्यक्ष शकुन गुरुङले जानकारी दिइन् ।

‘बेलायत भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेज्यूलाई हाम्रो कार्यालयमा  स्वागत गर्नुका साथै हाम्रा चासोहरुबारे जानकारी दिन यो कार्यक्रम आयोजना गर्न लागिएको हो,’ एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले भने ।

Advertisement

उनले गत शनिबार लन्डनस्थित नेपाली दूतावासमा प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर एक ज्ञापन पत्र बुझाएको पनि स्मरण गराए  ।

‘नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेलाई पनि हामीले नेपाल तथा बेलायतबीच सिधा हवाई सेवा संचालन गर्न अनुरोध गर्दै एक ज्ञापन पत्र बुझाउने छौं,’ अध्यक्ष गाहा मगरले भने । यसै साता बेलायत आइपुगेका पर्यटनमन्त्री प्रेम बहादुर आलेले ब्रिटिश अधिकारीहरूसँग भेट वार्ता गरिरहेका छन् ।